• होमपेज
  • कुलमान घिसिङले बुधबार विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्ने
Breaking News

कुलमान घिसिङले बुधबार विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्ने

बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ)का रुपमा कुलमान घिसिङले कार्यभार सम्हाल्ने भएका छन् ।

सरकारले सोमबारको मन्त्रिपरिषद बैठकबाट उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यद्यपि सरकारले औपचारिक रुपमा यो विषय बाहिर ल्याएकाे छैन ।

विज्ञापन

यस विषयमा सोमबार साँझ घिसिङसँग कुरा गर्दा उनले हल्ला भएको, तर आफ्नो हातमा कुनै पत्र प्राप्त नभएको बताएका थिए । नियुक्तिबारे आफूले पनि हल्ला सुनेको तर आधिकारिक फोन र पत्र नआएको उनको भनाइ थियो ।

उनले संक्षिप्त कुरा गर्दै यस विषयमा मंगलबारसम्म कुनै तथ्य आउने अनुमान गरेका थिए । औपचारिक रुपमा तथ्य बाहिर नल्याइए पनि भित्री रुपमा उनले बुधबार कार्यभार सम्हाल्न लागेको स्रोतको दाबी छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्तिका लागि ठाडो निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै ऊर्जामन्त्री भुसालले निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहज बनाइदिन अनुरोध गरेकी थिइन् ।

सोमबारको बैठकमा मन्त्री भुसालले घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेस गरेकी थिइन् । फरकधार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook