• होमपेज
  • तीन हजार १९४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु
Breaking News

तीन हजार १९४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार १९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २१७ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ११५ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार १५० जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

विज्ञापन

यस्तै, सघन कक्षमा रहेका ७६१ जना मध्ये १७८ जनाले भेन्टिलेटरको सहयोगमा उपचार गराइरहनुभएको छ । होम आइसोलेसनमा ३३ हजार ९८५ र संस्थागत आइसोलेसनमा तीनहजार ३४७ संक्रमित रहेका छन् । क्वारेन्टाइनमा ३८१ जना रहेका छन् । नेपालमा अहिले सक्रिय संक्रमितहरु ३७ हजार ३३२ रहेका छन् । पछिल्लो २४ घण्टामा एकलाख ३२ हजार २२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook