• होमपेज
  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ
Breaking News

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ

बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्।

विज्ञापन

प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।

शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook