• होमपेज
  • आफ्नै छोरी बलात्कार गर्ने बुवा र काका पर्वत प्रहरीद्धारा पक्राउ
गण्डकी प्रदेश

आफ्नै छोरी बलात्कार गर्ने बुवा र काका पर्वत प्रहरीद्धारा पक्राउ

पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले बुवा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने आफ्नै ४४ बर्षिया बुवा र उनका आफ्नै ३६ बर्षिया काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

१६ बर्षकी किशोरी छोरीलाई बुवा र अंकलले पटक पटक बलात्कार गरेकोमा गत बैशाख २ गते बुवा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेका बुवा र अंकल विरुद्ध किशोरीका दाईले दिएको जाहेरीका आधारमा २ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

विज्ञापन

अधिकारीका अनुसार पिडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमति काकासंगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ र पक्राउ परेकाहरुलाई जवरजस्ती करणी अन्तर्गत जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरुको विवरण र पिडितको विवरण गोप्प राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook