पर्वत । पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट नदीजन्य बस्तु उत्खनन् र निकासीमा कडाई गरेको छ । गाउँपालिकाले नदीमा ‘हेबी ईक्यूप्मेन्ट’ प्रयोग गरि हुने अबैध उत्खनन् रोक्न यस्तो कडाई गरेको हो । कालीगण्डकी नदीमा असार, साउन र भदौमा बढि बालुवा आउने भएकाले अबैध उत्खनन्, संकलन र ओसारपसार हुने गरेको थियो । ढुङ्गा, गिटी, बालुवा उत्खनन संकलन […]
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पर्वत जिल्ला मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हिरादेबी शर्मा निर्वाचित हुनुभएको हो । राजनीतिक दलहरुले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको भएपनि पर्वतको मोदी गाउँपालिकामा भने शर्माले अध्यक्षमा नै निर्वाचन लडेर बिजय हुँदै मोदी गाउँपालिकाको आगामी ५ वर्षको नेतृत्व सम्हाल्नुभएको छ । राजनीतिसँगै शिक्षक सेवामा समेत […]
रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मंगलबार विहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चारजना महिला र […]
पर्वत। पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ । गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ । कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ […]
पर्वत । जिल्ला पूर्वाधार कार्यालय पर्वतको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण पर्वतको कुश्मा नगरपालिका ११ र १२ मा बनेको कालोपत्रे सडक १ वर्ष पनि टिकाउ भएन । कुश्मा नगरपालिकाको सिल्मीचोदेखि ठूलीपोखरीसम्मका विभिन्न ठाउँमा गरिएको कालोपत्रे १ वर्ष नपुग्दै भत्किएको हो । स्थानीयवासीहरु पटकपटक कार्यालयलाई ध्यानाकर्षण गराएपछि मर्मत गरेको भएपनि केही दिनमै पुनः भत्किएको हो […]
माेदी गाउँपालिका-६ डिमुवा (पुरानो गाउँ राम्जा चित्रे) निवासी दिपेश गुरुङ्को उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर रहेको तर जटिल बिमार लागेका कारण खर्च धेरै लाग्ने भएका कारण गुरुङको उपचारमा समस्या भएको हो । घातक राेग डिस्टाेनियाबाट पीडित २२ बर्षीय दिपेश गुरुङको उपचारमा आर्थिक समस्या भएको पीडितका बाबू देउकाजी गुरुङले बताए । गुरुङको […]
चितवन। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ। गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिनुभएको हो। तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो। दाहालले ११६ मत प्राप्त गर्नुभएको छ। नेकपा (एमाले)का विजय सुवेदीले ११० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गर्नुभएको हो। […]
पर्वत । पर्वतको जलजला गाउँपालिकाका वडा नं. १ र २ मा नेकपा एमालेका उम्मेदवारले बिजय हाँसिल गरेका छन् । शनिबार बिहानदेखि जारी मतगणना परिणामा अनुसार जलजला १ मा नेकपा एमालेका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ […]
पर्वत । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत पर्वका ७ वटै स्थानीय तहहरुको मत गणना शुरु भएको छ । शुक्रबार राती मात्रै मतपेटिका सम्बन्धित पालिका केन्द्रमा पुगेका कारण दुई गाउँपालिकामा बिहानैदेखि र कुस्मा नगरपालिका सहितका अन्य ५ तहको मतगणना भर्खरै मात्र शुरु भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ । पछिल्लो जानकारी अनुसार जललला गाउँपालिका […]
पर्वत । स्थानीय तहको निर्वाचनको क्रममा पर्वतका ७ वटै स्थानीय तहमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । केही स्थानमा सामान्य विवाद बाहेक जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भई मतपेटिका संकलन शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार जिल्लाभर कुल ६५ प्रतिशत मत खसेको छ । कुल १ लाख २२ हजार ५० कुल […]
काठमाडौं । डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । भुसाल सहितको टोलीले वैशाख २९ गते बिहीबार सगरमाथाको सफल आरोहण गरेको हो । अर्घाखाँची स्थायी घर भएकी ३४ वर्षीया भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् । उनले कोभिड-१९ को लडाइँ विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ताहरुको योगदानको […]