• होमपेज
  • आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे
Breaking News

आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आम संचार विधेयक मिडिया मैत्री हुने बताउनुभएको छ । शनिबार पर्वतको कुश्मामा आयोजित नेपाल प्रेस यूनियन पर्वतको छैटौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संचार विधेयक प्रेस स्वतन्त्रता बिरोधी नहुने बताउनुभएको हो ।

‘आम संचारलाई व्यवस्थित गर्ने गरि ल्याउन लागिएको विधेयक मिडियाको पक्षमा हुन्छ’ उहाँले भन्नुभयो–‘प्रेस स्वतन्त्रता माथि कहिँ कुनै कोणबाट पनि अंकुश लाग्ने गरि विधेयक आउँदैन ।’ पाण्डेले केही नयाँ संचार माध्यमहरुका कारण अराजकता बढ्दै गएको भन्दै नयाँ मिडिया र सोसल मिडियालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

विज्ञापन

लोकतन्त्र बचाउन र संस्थागत गर्न संचारमाध्यमको महत्वपूर्ण हात रहेकाले लोकतन्त्र र मानव अधिकारको संरक्षणमा लाग्न आम संचारकर्मीहरुलाई आव्हान गर्नुभयो । ‘लोकतन्त्रलाई संस्थागत गराउने र आम जनतालाई सूसुचित गराउने संचार क्षेत्र व्यवस्थित गर्न गण्डकी प्रदेश सरकार प्रतिवद्ध छ’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले अहिले लोकतन्त्र र प्रजातन्त्रमाथि खतरा बढिरहेकोले विश्वसनिय पत्रकारिताको माध्यमद्वारा लोकतन्त्रलाई बचाउन संचारमाध्यमहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले संचारमाध्यम र पत्रकारहरुलाई क्षमता अभिबृद्धी गरि पेशागत दक्षता बढाउने कार्यक्रम ल्याउने बताउनुभयो ।
उहाँले गण्डकी प्रदेश सरकारले भर्खरै ल्याएको बजेट संमृद्धी र विकास केन्द्रित हुने बताउनुभयो । बजेटले सबै क्षेत्रलाई सम्बोधन गरि रोजगारी र विकासमार्फत संमृद्धीको क्षेत्रमा लाग्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल प्रेस यूनियनका अध्यक्ष शिब लम्सालले निरंकुशता बिरोधी सबै खालका आन्दोलमा नेपाली पत्रकारहरुले पु¥याएको योगदानलाई सत्तामा गएपछि भुल्ने गरेको बताउँदै प्रेस बलियो नभएसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य अर्जुन प्रसाद जोशी, काँग्रेस नेता नवराज गुरुङ लगायतले सम्बोधन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook