• होमपेज
  • राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित
गण्डकी प्रदेश

राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित

पर्वत/प्रेस युनियन पर्वतले छैठौं अधिबेशनका क्रममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएका पत्रकारहरुलाई विभिन्न वर्षका पुरस्कारबाट सम्मानित गरेको छ । हरिमखमली प्रेस युनियन राष्ट्रिय पुरस्कारबाट पत्रकारहरुलाई सम्मानित गरिएको हो ।

सो अवसरमा नेपाल प्रेस युनिययनका पूर्व अध्यक्ष बद्री सिग्देल, प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगगधर पराजुली, पुर्व उपाध्यक्ष रमेश पौडेल, पत्रकार ओम प्रसाद घायल, प्रेस यूनियनका सचिब दिलिप पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीलाई क्रमश विभिन्न वर्षका हरिमखमली प्रेस यूनियन राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको हो । उहाँहरुलाई जनही रु.२५ हजार र सम्मान पत्र प्रदन गरिएको हो ।

विज्ञापन

यस्तै प्रदेश पुरस्कारबाट पत्रकार तथा साहित्यकार ईन्द्र कुमार विकल्प र स्थानीय पुस्कारबाट पत्रकार अगन्धर तिवारी, रोशन तिवारी, साजन परियार, सुमन थापा, सन्जय रेग्मी, बिष्णु गौतम,बिसन क्षेत्री लागायत रहनुभएको छ । उहाँहरुलाई जनही रु १५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook