• होमपेज
  • भागबण्डा नमिल्दा आएन कुश्मा, फलेवास र जलजलाको बजेट
Breaking News

भागबण्डा नमिल्दा आएन कुश्मा, फलेवास र जलजलाको बजेट

पैयूँ, बिहादी, मोदी र महाशिलाको बजेट सार्वजनिक

पर्वत । पर्वतको जलजला गाउँपालिकाको १४ औँ बजेट अधिवेशनमा गाउँ सभाको संख्या नपुगेर स्थगित भएको छ । पालिकाले आईतवार (आज) गाउँ सभा आह्वान गरेको थियो । गाउँसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित रहेका छन् । जसका कारण कार्यपालिकाको बहुमतले पारित गरेको नीति तथा कार्यक्रम गणपूरक संख्या अभावमा स्थगित भएको हो ।

४७ गाउँ सभाषद रहेको जलजला गाउँपालिकाले बोलाएको गाउँसभामा १९ जना उपस्थित भएका थिए । गाउँ सभामा आर्थिक विधेयक, विनियोजन विधेयक, नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यतालिका थियो । गाउँ सभामा गणपुरक संख्या नपुगेछि आजलाई स्थगित गरिएको छ । गणपुरक संख्या नपुगेपछि अध्यक्षले गाउँसभा स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । ‘पहिला सबै ठिक थियो, म बजेट प्रिन्ट गर्न गए, पछि उहाँहरुले बजेट संशोधन गर्नुपर्छ भन्नुभयो,त्यसैले गाउँ सभा स्थगित भयो,’ शर्माले भन्नुभयो । बजेट नमिलेका कारण गाउँ सभा स्थगित भएको उहाँको भनाई छ ।पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित २७ जना जना गाउँसभा सदस्य बैठकमा अनुपस्थित भएका कारण गणपुरक संख्या पुग्न नसकेको पालिकाले जानकाएको छ ।

विज्ञापन

पर्वतको फलेवास नगरपालिकाको १३ औ नगरसभाको नीति तथा कार्यक्रम र बजेटको बिषयमा विवाद सिर्जना भएको छ । विहान १२ बजेका लागि बोलाएको नगर सभामा एमाले र नेपाली काँग्रेटको तर्फबाट निर्वाचित सदस्यहरु विच कार्यक्रम संशोधनको विषयमा विवाद हुँदा नगरसभा अहिलेसम्म शुरु हुन सकेको छैन

एमाले निकट जनप्रतिनिधीहरुले क्लिन फलेवास र ग्रिन फलेवास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र काँग्रेस निकट जनप्रतिनिधीले कार्यक्रम हटाउनु पर्ने भन्दै माग गरेपछि विवाद सिर्जना भएको हो । ‘ठुलो कुरामा विवाद भएको छैन, सामान्य कुरामा विवाद छ, फलेवासका एक कर्मचारीले भने,‘उहाँहरु फल्ने र राख्ने भन्ने विषयमा कुरा मिल्यो भने नगरसभा शुरु हुन्छ ।,’ फलेवास नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले पनि नगरसभाको विषयमा छलफल भैरहेको र सहमती नजिक पुगेको बताएका छन् ।

यता कुश्मा नगरपालिमा पनि नगरसभाको नीति तथा कार्यक्रम र बजेटको विषयमा विवाद हुँदा नगर सभा अहिलेसम्म संचालन हुन सकेको छैन । कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरु पनि बजेटका विषयमा विवाद हुँदा नगरसभा संचालन हुन नसकेको हो । कुश्मा नगरपालिकामा एमालेका जनप्रतिनिधीले बजेट विभाजनमा समस्या ल्याएपछि असहज भएको बताईएको छ । सम्भवत आज रातीसम्म बजेट ल्याउन तयारी भएपनि एमालेको अवरोधले समस्या भएको बताईएको । आज बजेट नआएमा भोलि सोमबार नगर प्रमुखले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अन्य पालिकाहरु मोदी, बिहादी र महाशिला गाउँपालिकामा गाउँ सभा सम्पन्न भैसकेको छ । पर्वतको पैयुँ गाउँपालिकाले यसभन्दा अगाडि नै बजेट ल्याइसकेको थियो । स्थानीय तहले असार १० गतेसम्ममा नगरसभामा बजेट पेस गरिसक्ने प्रावधान छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook