पर्वत । शनिवार रातीदेखि देखि परेको अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड विभिन्न स्थानमा पहिरोले अबरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा अबरुद्ध भएको हो । आइतबार पनि पहिरोले अबरुद्ध सडक साँझ मात्रै एक तर्फी […]
पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले बगाई बेपत्ता भएकी बिकको शब घर भन्दा एक मिटर तल भेटिएको छ । पहिरोमा ४ जना परेकोमा गाउँलेले घाईते अवस्थामा […]
दुध, तरकारी बेचेर शोभाले मासिक २ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । शोभाको नाम र काम दुबैमा उहाँका श्रीमान सोमबहादुरको उत्तिकै साथ छ । ‘श्रीमानले विदेश गएर पैसा पठाउदा छोराछोरीलाई सामान्य विद्यालयमा पढाएर खान लगाउन पुगेको थियो,’ शोभाले भन्नुभयो ‘दुबै जना मिलेर यही व्यवसाय गर्दा छोरीलाई काठमाण्डौ विविएस र छोरालाई युकेमा आइटी पढ्न पठाएका छौ ।’ […]
पर्वत/ पर्वत र बागलुङ जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ। पुल विश्वकै लामो भएकोसमेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन्। गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए […]
बागलुङ- शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरोमा परी बेपत्ता भएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक […]
बागलुङ- सङ्घीयताको कार्यान्वयनसँगै विकास भएको स्थानीय तहले वर्षेनि ल्याउने नीति तथा कार्यक्रमको चर्चा निकै चल्ने गरेको छ । बर्खे नगरसभामा आएका नीति तथा कार्यक्रमप्रति जनताको चासो र भरोसा भए पनि कतिपय नीति तथा कार्यक्रम कागजी निर्णयमा मात्रै सीमित हुँदै आएका छन् । स्थानीय तहले सस्तो लोकप्रियताका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने तर कार्यान्वयनमा […]
साउन ५, पोखरा : कास्की क्षेत्रनं १(१) सांसद दीपक कोइरालाले जनताको साना साना समस्या हल गर्न प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन माग गर्नुभएको छ । सोमबार सदनमा विशेष समयमा बोल्दै कोइरालाले अविरल बर्षाको कारण ठुलो प्राकृतिक विपत्ती वाहेक अन्य साना साना क्षति भएको ठाउँमा सरकारले तत्तकाल सहयोग गर्न सक्नुपर्ने बताउनु भयो […]
लिस्वन , साउन ५ । पर्वत घर भै पोर्तुगलमा कार्यरत एक नेपालीको निधन भएको छ । लुङ्गेरिया बस्दै आएका पर्वतका रमेशबहादुर रेग्मीको आइतबार बिहान निधन भएको हो । गैरआवासीय नेपाली संघ एनआरएनए०, राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेका अनुसार रेग्मीको हृदयघातका कारण निधन भएको हो । ४२ वर्षीय रेग्मी विगत पाँच वर्षदेखि पोर्तुगल बस्दै आएका […]
स्याङ्जा । बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए। प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया […]
गिता राना मगर, पोखरा हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड १९ र प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत प्रदान गरेको छ । लोमन्थाङ गाउपालिका ३ मा स्थाइ रुपमा सञ्चालनमा रही हिउदको समयमा पोखरा १८ खपौदीमा सञ्चालन हुदै आएको गुम्बा स्कुलले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनिकरणका लागी प्रदेश सरकार र […]
पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसको शनिवारको बैठकले विभिन्न संचारमाध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे समाचार आइरहेको उल्लेख गर्दै त्यस्तो अनियमितताप्रति ध्यानाकर्षण भएको प्रवत्ता नवीन सिग्देलले बताए । कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्र […]
पर्वत,असार २९/श्रीमती आत्महत्या दुरुत्सहानको आरोपमा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवरलाई जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । असार ५ गते गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई झुण्डीएर मर्न बाध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र […]