• होमपेज
  • कृषि क्षेत्रमा परिवर्तन ल्याउन पहल गर्छु- थापा
गण्डकी प्रदेश

कृषि क्षेत्रमा परिवर्तन ल्याउन पहल गर्छु- थापा

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले कृषि ज्ञान केन्द्र पुर्ण रुपमा कृषक मैत्री बन्ने बताइन्। थापाले कार्यालयबाट वितरण हुने अनुदानहरुमा पक्षपात नगरी वास्तविक कृषकसम्म पुर्याउन लाग्ने स्पष्ट पारेकी छिन् । मंगलबार कार्यालयमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले अनुदान वितरणमा कुनै पक्षपात नगरिने बताइएकी हुन् । कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा सरुवा भएर आएकी प्रमुख थापाले अनुदान वितरण गर्दा वास्तविक कृषकलाई नै प्रदान गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

‘अनुदान वितरणमा दवाब र प्रभावमा पर्दिन’ प्रमुख थापाले भनिन–‘ब्यवसायीक कृषकहरु अनुदानबाट छुट्ने छैनन् ।’ कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै उनले कार्यालय र स्थानीय तह वीचको समन्वयलाई प्रभावकारी बनाउने बताईन् । अनुगमन तथा सिफारिसको सन्दर्भमा स्थानीय तहको प्रमुख भूमिका रहने भएकाले स्थानीय तहलाई कार्यालयको जानकारी दिने, त्यसको प्रभावकारीतको विषयमा अनुगमन गर्ने कार्यमा ब्यवस्थित ढङगले समन्वय हुने उनको भनाई छ । ज्ञान केन्द्रलाई स्रोत केन्द्र र प्रदर्शनी केन्द्रको रुपमा विकास गर्न केहि पूर्वाधारहरु निर्माण भइसकेको भन्दै ति केन्द्रहरुलाई कृषकहरुले केहि कुरा सिक्ने केन्द्रको रुपमा विकसित गर्ने थापको भनाई छ । थापाले ज्ञान केन्द्रमा प्रयोगशाला छिट्टै सञ्चालनमा ल्याउने समेत प्रतिबद्धता जनाईन् । कृषकहरु वीच अत्यन्तै समन्वयात्मक ढङगले काम गर्ने कुरामा थापाले दृढ विश्वास दिलाईन् ।

विज्ञापन

कार्यक्रममा पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले ब्यवसायीक उत्पादनमा लागेका कृषकहरुलाई सहज ढङगले सरकारी अनुदान उपलब्ध गराउन भूमिका खेल्न आग्रह गरेका थिए । कार्यक्रममा पर्वत जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुले प्रश्न तथा सुझाब दिएका थिए । यस अघिका कार्यालय प्रमुख बासुदेव रेग्मीको सरुवा भएर प्रदेश कृषि निर्देशनालयमा गए पछि थापा कार्यालय प्रमुखको रुपमा पर्वत आएकी हुन् । गत बर्षसम्म प्रदेश सरकारको नीति बमोजीम पर्वत र बागलृुङ जिल्ला कार्यक्षेत्र बनाउँदै आएको कृषि ज्ञान केन्द्र यस बर्ष देखि भने पर्वतमा मात्रै कार्यक्षेत्र बनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook