• होमपेज
  • राधा माधव सत्संगको भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न
कुश्मा नगरपालिका

राधा माधव सत्संगको भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न

पर्वत÷राधा माधव सत्संग समितिको आयोजनामा पर्वतको कुस्मामा भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जगतगुरुश्री कृपालु जी महाराजका नेपाली प्रचारक हरीदाशजीद्धारा प्रदान गरिएका दिव्य उपदेशहरुको बारेमा साधकहरुलाई जानकारी गराएका थिए । उनले आत्मानुशासन, निश्चिन्तता, समय व्यवस्थापन, पुनराबृत्ती, क्रोध व्यवस्थापन, संसार र भगवत राज्यको कामको सन्तुलन जस्ता विषयमा अभिमूखिकरण गरेका थिए ।खसो कार्यक्रममा विभिन्न क्षेत्रका साधकहरुको उपस्थिती रहेको व्यवस्थापक सुनिल भुसालले जानकारी दिए ।

विज्ञापन

कार्यक्रममा राधा माधब समिति नेपालका सहजकर्ताहरु, दिपक कँडेल, बिष्णु पुरी, नारायण अधिकारी तथा चिनु पोखरेलको सहजीकरण रहेको थियो । कार्यक्रममा सहभागिकोतर्फबाट गौरबदाश बैरागी, शारदा शर्माले आफ्नो धारणा राखेका थिए । राधा माधव समिति पर्वतका अध्यक्ष ईन्द्रमान खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको धन्यबाद रिता केसी भण्डारीले गरेकी थिईन् ।

सोही भेलाले सुनिल भुसालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मानसिंह भण्डारी, सचिबमा गौरब बैरागी, सह सचिबमा शारदा शर्मा,कोषाध्यक्षमा रिता केसी भण्डारी, सह सचिबमा सोनी श्रेष्ठ रहेका छन् ।

समितिको सदस्यमा अजिता शर्मा, पुष्पा पौडेल, रमा पौडेल, सीता पाण्डे पन्त,शारदा देबी पौडेल, दुर्गा प्रसाद शर्मा सरोज र थानेश्वर शर्मा रहेका छन् । समितिको सल्लाहकारमा ईन्द्रमान खत्री, परशुराम पुरी, सितादेबी खत्री, लक्ष्मी सापकोटा, कृष्णराज पौडेल, दुर्गा पाण्डे र बिष्णु कुमारी गौडेल रहेका छन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook