• होमपेज
  • पाङराङ सिउरास सुलिकोट हुँदै भोक्सिङ जोड्ने बाटो शिलान्यास
गण्डकी प्रदेश

पाङराङ सिउरास सुलिकोट हुँदै भोक्सिङ जोड्ने बाटो शिलान्यास

पर्बतको फलेवास नगरपालिका वडा नं. ११ पाङराङबाट सिउरास सुलिकोट हुँदै माहाशिला गाउपालिका वडा २ भोक्सिङ जोड्न्ने मोटरबाटोको फलेवास नगरपालिकाका प्रमुख पदमपाणीले शिलान्यास गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले बिकट ठाउँको बिकासको बारे आफू गम्भीर रहेको र यहि बर्ष योजना पूरा गरेर उक्त बाटोमा बस संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उक्त स्थानमा चिसापानी,शिद्द मन्दिर लगायत महत्त्वपूर्ण पर्यटकीय स्थलहरु रहेकाले बाटोको शिलान्यास गरि पर्यटन प्रबर्द्धनमा जोड दिएको बताउनुभयो । वडा वडा अध्यक्ष जित बहादुर सुनारले आफू बाटोको लागि सधै लागि परेको र अहिले सुरुवात हुँदा खुसी लागेको बताउदै अनवरत विकासका काममा लागि परेको बताउनुभयो ।

विज्ञापन

कार्यक्रममा फलेवास नगरपालिका ११ का अध्यक्ष जित बाहादुर सुनार शेरहादुर, फलेवास नगरपालिका ८ का वडा अध्यक्ष मन बहादुर कुवर,फलेवास नगरपालिका वडा न ११ का वडा सदस्य टेक बहादुर पाठक लगाएत राजनीति दल र समाजसेविहरुको उपस्थिति रहेको थियो !
मोटरबाटो निर्माण समितिका अध्यक्ष छेत्र बहादुर पाठकको अध्यक्षतामा उक्त शिलान्यास कार्यक्रमको संचालन नगरपालिकाका योजना व्यवस्थापक देवि प्रसाद तिमिल्सिनाले गर्नु भएको थियो उक्त बाटो शिलान्यास भएकोमा फलेवास ११ का जनता र महाशिला २ का जनता खुशी र उत्साहित भएका छन्न

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook