• होमपेज
  • बन्दको पूर्व सन्ध्यामा पर्वतमा मशाल जुलुुश, बन्दका कारण केपी ओलीको भोलि आउने कार्यक्रम प्रभावित हुने
Breaking News

बन्दको पूर्व सन्ध्यामा पर्वतमा मशाल जुलुुश, बन्दका कारण केपी ओलीको भोलि आउने कार्यक्रम प्रभावित हुने

पर्वत /आमहड्तालको पुर्व सन्ध्यामा कुस्माबजारमा बुधबार साँझ राँके जुलुस प्रर्दशन गरिएको छ । कुस्माको दुुर्लुङ्गचोकबाट शुरु गरिएको राँके जुलुस आचार्यचोक, फिल्महलचोक हुँदै शिबालयचोकमा पुगेर समापन भएको थियो ।

समापनमा बोल्दै नेकपाका पर्वत इन्र्चाज तथा केन्द्रिय सदस्य गुप्तबहादुर हमालले असम्बैधानिक कदम र नियुक्तिका बिरुद्ध आमहड्ताल आब्हान गरिएकाले यसलाई सफल बनाउन आब्हान समेत गर्नुभएको थियो ।

विज्ञापन

त्यस्तै नेकपा पर्वतका कार्यालय सदस्य भक्त कुँवरले सरकारले गरेको स्वेच्छाचारी कदमको भर्सना गर्दै आन्दोलनका कार्यक्रममा सहयोग गर्न सबैलाई आग्रह गरे । सो अवसरमा नेकपाका पूर्व अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, नेकपा पर्वतका सचिब सुदिप कुँवर, नेकपा पर्वतका कार्यालय सदस्य पदमपाणी शर्मा लगायतका नेता कार्यकर्ता सहभागी थिए ।

प्रतिनिधीसभा पुर्नस्थापनाको माग सहित आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्रीको कार्यक्रममा यस अघि पनि बिरोध जनाउने तयारीमा थियो भने आमहड्ताल नै आब्हान गरेपछि थप बिरोध हुने देखिएको छ । खुर्कोटमा सबस्टेशन उद्घाटन हुनेभएपछि पोखरा –बागलुङ्ग राजमार्ग क्षेत्र, कुस्माबजार, पाङ्ग, खुर्र्कोटमा बिरोध प्रर्दशनको तयारी उक्त समुहले गरेको छ । आमहड्ताल समेत आब्हान गरेका कारण कार्यक्रममा सहभागीहरु ओसार्न समेत थप चुनौती देखिएको छ । नेकपाको ओली समुहले जनसहभागिता देखाउन गाउँगाउँबाट बसमा समर्थकहरु ल्याउने तयारी गरिरहेको छ ।

यसैबीच राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन गर्न बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली पर्वत आउँदैछन ।

सरकारले सम्बैधानिक निकायमा गरेको नियुक्तीको बिरोधमा बिहीबारै नेकपाको प्रचण्ड–नेपाल समुहले आमहड्ताल आब्हान गरेपछि प्रधानमन्त्रीको पर्वत भ्रमणमा सुरक्षा चुनौती थपिएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो पर्वतको कुश्मा नगरपालिका–२ खुर्काेटमा रहेको २२०÷१३२ केभी सबस्टेशन, खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको २२० केभी प्रसारण लाईन, र दानामा २२०÷१३२÷३३ केभि सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

तर पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी भने कुनैपनि कमजोरी र घटना नहुने गरि सुरक्षा तयारी गरिएको बताउनुहुन्छ । राजमार्गमा चल्ने सबै सवारी साधनलाई स्कर्टिङ्ग गर्ने तयारी समेत भएको छ भने सुरक्षा परिचालन बढाइएको छ । पोखरा र बागलुङ्गबाट थप सुरक्षाबल समेत मगाईएको छ । प्रधानमन्त्रीको कार्यक्रमका लागि नेपाल प्रहरीका डिआईजी घनश्याम अर्याल, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका डिआईजी समेत बुधबार देखि पर्वतमा छन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook