• होमपेज
  • दाहाल-नेपाल समूहले काठमाडौँमा २ लाख कार्यकर्ता उतारेर फेरि शक्ति प्रदर्शन गर्ने, पेरिसडाँडामा बैठक जारी
Breaking News

दाहाल-नेपाल समूहले काठमाडौँमा २ लाख कार्यकर्ता उतारेर फेरि शक्ति प्रदर्शन गर्ने, पेरिसडाँडामा बैठक जारी

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपा पुष्पकमल दाहाल-माधव नेपाल पक्षको बैठक पेरिसडाँडामा बसिरहेको छ । माघ २८ गते काठमाडौँमा हुने शक्ति प्रदर्शनलाई व्यवस्थित, प्रभावकारी र विशाल बनाउन बैठकमा छलफल भइरहेको नेता विष्णु रिजालले जानकारी दिए ।

पेरिसडाँडामा जारी नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिको बैठकमा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल पनि सहभागि छन् । यसअघि माघ ९ गते काठमाडौँमा विशाल शक्ति प्रदर्शन गरेको दाहाल नेपाल पक्षले त्यसको दुई हप्तामै फेरि काठमाडौँमै शक्ति प्रदर्शन गर्न लागेको हो । शक्ति प्रदर्शनमा कम्तीमा दुई लाख मानिस उतार्ने तयारी छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै सडक संघर्षका कार्यक्रम गरिरहेको दाहाल नेपाल पक्षले प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्‍ने बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook