• होमपेज
  • अधारभूत वर्गका विद्यार्थीलाई शिक्षाका लागि तोयनाथ चालिसे अक्षयकोष
पर्वत बिशेष

अधारभूत वर्गका विद्यार्थीलाई शिक्षाका लागि तोयनाथ चालिसे अक्षयकोष

पर्वत/पर्वतको कुस्मा नगरपालिका ५ निवासी नेकपा पर्वतका संस्थापक तथा शिक्षासेबी तोयनाथ चालिसेले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठन पाठनमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभएको छ ।

चालिसेले फलेवास नगरपालिका ५ अरमानामा रहेको जनता आधारभूत विद्यालयमा पढ्ने आधारभूत वर्गका विद्यार्थीको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले ५१ हजार ५१ रुपीयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

विज्ञापन

कोषबाट प्राप्त हुने व्याजले प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ती वितरण गरिने बताईएको छ । कोषको रकम विद्यालयका प्रधानाध्यापक बैकुण्ठ श्रेष्ठलाई चालिसेले हस्तान्तरण गर्नुभयो ।

कोषको संरक्षकमा भिम कुमारी चालिसे र ईन्दु शर्मा रहने गरि स्थापना भएको विद्यालयका शिक्षक देबकी सापकोटाले जानकारी दिनुभयो । तोयनाथ अक्षय कोषको नाउँमा स्थापना भएको सो कोषलाई आगामी दिनमा बृद्धी गरिने समेत बताईएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook