• होमपेज
  • ओलीको प्रतिगमन बिरुद्ध नेकपा पर्वतको व्यापक प्रदर्शन, प्रतिगमन सच्याउन आग्रह
Breaking News

ओलीको प्रतिगमन बिरुद्ध नेकपा पर्वतको व्यापक प्रदर्शन, प्रतिगमन सच्याउन आग्रह

पर्वत/नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतले जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध बिरोध प्रर्दशन गरेको छ।

गाउँ गाउँबाट आएका कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमका बिरुद्ध खबरदारी गरेका थिए । नेकपा पार्टी कार्यालय नजिकबाट शुरु भएको बिरोध ¥याली शिवालय चोकमा पुगेर कोण सभामा सम्पन्न भएको थियो ।

विज्ञापन

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुप्त बहादुर हमाल ठकुरीले प्रधानमन्त्री ओली प्रतिगमनतर्फ लागेकाले सच्याउन देशभर प्रदर्शन गरिएको बताउनुभयो ।

उहाँले नेकपालाई एकतावद्ध बनाउन ओलीले जस्तो सुकै त्याग गर्नुपर्नेमा विदेशीको ईशारामा संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको बताउनुभयो । हमालले नेकपाको आधिकारीक ३१५ सदस्यीय कमिटि भएकाले निर्वाचन आयोगले कुनै षड्यन्त्र गरेमा त्यसको समेत प्रतिवाद गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाका अनुसाशन आयोगका पूर्व सदस्य गणेश शर्मा पौडेलले प्रधानमन्त्रीको असंबैधानिक कदम सच्चिनु पर्ने र प्रतिनिधि सभा पूनस्थापना हुनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रदेश कमिटि सदस्य मोती प्रसाद पौडेलले ओलीको षड्यन्त्र धेरै समय नटिक्ने र असंबैधानि कदम नसच्याए बालुवाटारबाट समेत निकालेर फाल्ने बताउनुभयो ।

गाउँ गाउँबाट आएका कार्यकर्ताहरुले पाटी एकताका पक्ष र प्रधानमन्त्री बिरुद्ध चर्का नारा लगाएका थिए।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook