• होमपेज
  • मिलन फाउन्डेशन नेपालद्वारा जाडोको पोसाक वितरण
गण्डकी प्रदेश

मिलन फाउन्डेशन नेपालद्वारा जाडोको पोसाक वितरण

पर्वत । मिलन फाउन्डेशन नेपालबाट जाडोको पोसाक वितरण गरिएको छ ।

पर्वतको मोदी गाउँपालिका २ देउपुर पातिचौरमा रहेको पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार पोसाक वितरण गरेको मिलन फाउन्डेशनका संरक्षक दुर्गा गुरुङ मिलनले जानकारी दिए । मिलन ट्रस्ट २०७४ की संरक्षक एवं दुर्गा गुरुङ मिलनका आमा सावित्रीकुमारी गुरुङले ४६ विद्यार्थी र ११ शिक्षक/शिक्षिकालाई स्वीटर, टोपी र मोजा हस्तान्तरण गरेकी हुन् । प्रतिविद्यार्थीलाई सय/सय रुपैयाँ नगदसमेत बाँडिएको थियो ।

विज्ञापन

पशुपति आविको व्यवस्थापन, मिलन फाउन्डेशन नेपालको आयोजनामा भएको कार्यक्रममा मिलन ट्रस्ट २०७४ की संरक्षक सावित्रीकुमारी गुरुङ र मिलन फाउन्डेशनका संरक्षक दुर्गा गुरुङ (मिलन) ले प्रायोजन गरेका थिए । सो व्यवस्थापनका लागि करिब ६० हजार खर्च भएको उनले बताए ।

संरक्षक गुरुङले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने स्कुल व्यवस्थापन समिति, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विद्यालयका प्रअ तथा शिक्षक, शिक्षिका, विद्यार्थीहरु, अभिभावकहरु, फाउन्डेशनकर्मी, सञ्‍चारकर्मीहरु लगायत सम्पूर्ण उपस्थित दिदीबहिनी तथा दाजुभाइहरुमा धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

यस्तै मिलन फाउन्डेसनले पर्वतकै मोदी ५ मा रहेको जनआदर्श आधारभूत विद्यालयमा करिब ९० थान ट्याकसुट अर्को हप्ता वितरण गर्दै छ ।

शिक्षा र स्वास्थ्यमा काम गर्ने उद्देश्यसहित दुर्गा गुरुङ मिलनको परिवारले सन् २०१५ मा जिल्ला प्रशासन कार्यालय पर्वतमा मिलन फाउन्डेशन दर्ता गरेको हो । स्थापनापछि निरन्तर काम गर्दै आएको यो संस्थाले कुनै बाहिरी व्यक्तिबाट रकम संकलन गरेको नभइ आफ्नै परिवारका सदस्यको आम्दानीबाट जोहो गरेर वार्षिक र अर्धबार्षिक रुपमा सहयोग पुर्‍याउँदै आइरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै