गण्डकी प्रदेश

दुई करोडको काँक्राको बीउ नष्ट
दुई करोडको काँक्राको बीउ नष्ट

पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष रु दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो। यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ। असिना पानीले फल लागेका काँक्रा पूर्ण रुपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिइन्। उक्त गाउँमा […]

  • २ years अगाडि
पोखरा महानगरको एक वर्षको खाजा खर्च २ करोड ३९ लाख
पोखरा महानगरको एक वर्षको खाजा खर्च २ करोड ३९ लाख

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा खाना, खाजा आदि नाममा झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा महानगरले विविध शीर्षकमा २ करोड ३९ लाख रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ । पोखराका विभिन्न होटलमा कार्यक्रम गरेको र खर्चको पुष्ट्याइँविना बिल भरपाइमात्रै संलग्न गरेको प्रतिवेदनमा उल्लेख छ । […]

  • २ years अगाडि
विभिन्न माग राखि माध्यमिक विद्यालय शिक्षक युनियन पर्वतले गरायो सरकारको ध्यानाकर्षण
विभिन्न माग राखि माध्यमिक विद्यालय शिक्षक युनियन पर्वतले गरायो सरकारको ध्यानाकर्षण

पर्वत/ माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले पर्वतका सात वटै स्थानीय तह र जिल्ला शिक्षा समन्वय ईकाई पर्वतमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।  युनियनले विभिन्न १६ बुँदे माग सहित ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा उच्च माध्यामिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु लामो समयसम्म अस्थायी दरबन्दीमा रहेका तर, सरकारले हालसम्म स्थायी गर्ने कुनै कार्य अगाडी नबढाएको […]

  • २ years अगाडि
नेपाल स्काउट कुश्माको दिक्षान्त समारोह सम्पन्न
नेपाल स्काउट कुश्माको दिक्षान्त समारोह सम्पन्न

नेपाल स्काउट स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा स्थानीय प्रमुख संरक्षक एवं स्काउट प्रमुखलाई दिक्षित गरिएको छ भने अग्रज स्काउटलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको कुश्मा नगर स्तरिय समितिले प्रमुख संरक्षक तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजाल, कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत चण्डिका पौडेल र शिक्षा, […]

  • २ years अगाडि
जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न
जलजला गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

पर्वतको जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ । जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा […]

  • २ years अगाडि
स्ववियू निर्वाचन : पर्वतको गुप्तेश्वरमा रेग्मी नेतृत्वको प्यानल नै विजयी
स्ववियू निर्वाचन : पर्वतको गुप्तेश्वरमा रेग्मी नेतृत्वको प्यानल नै विजयी

पर्वत : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पर्वतमा भएको एकमात्रै निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ। जिल्लामा रहेका अन्य क्याम्पसहरूमा निर्वाचन नभए पनि सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भने निर्वाचन भएको हो। नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवार रहेका सतिश रेग्मीले प्रतिद्वन्द्वी नेकपा एमालेनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

  • २ years अगाडि
अग्लो पुलमा सेल्फी खिच्दा भिरबाट खसेर युवतिको मृत्यु
अग्लो पुलमा सेल्फी खिच्दा भिरबाट खसेर युवतिको मृत्यु

बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ अदुवाबारी पुलको छेउबाट खसेर १८ वर्षीय युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने […]

  • २ years अगाडि
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण
पर्वतमा कर्जा असुलीका लागि गएका बैंकका कर्मचारीमाथि आक्रमण

पर्वत। पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो । आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आले घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका […]

  • २ years अगाडि
कालीगण्डकी नदि किनारमा एक पुरुषको शव फेला
कालीगण्डकी नदि किनारमा एक पुरुषको शव फेला

कालीगण्डकी नदि किनारमा एक पुरुषको शव फेला परेको छ । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो( गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा अन्दाजी ३५/४० वर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो । “प्रहरी घटनास्थलमा पुगिसकेको छ, घटनास्थलको मुचुल्का गरेसँगै सबै […]

  • २ years अगाडि
पर्वतको ठूलीपोखरीमा भोलिदेखि ३ दिने बृहत् स्वास्थ्य शिबिर संचालन हुने
पर्वतको ठूलीपोखरीमा भोलिदेखि ३ दिने बृहत् स्वास्थ्य शिबिर संचालन हुने

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले […]

  • २ years अगाडि
पर्वतको विहादीमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना
पर्वतको विहादीमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना

पर्वत- पर्वतको विहादी गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका विपन्न तथा असहाय नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी फागुन १२ गतेदेखि १४ गतेसम्म शिविरको आयोजना गरिएको हो । गाउँपालिकाका ६ वटै वडाका नागरिकलाई पायक पर्नेगरी शिविर संचालन गर्न थालिएको उपाध्यक्ष मिना शर्मा तिवारीले जानकारी दिनुभयो । नेलम्वो नेपालको आर्थिक तथा […]

  • २ years अगाडि
भुतपुर्व विद्यार्थीको पहलमा वडाका सबै प्रावि शिक्षकलाई मन्टेश्वरी तालिम
भुतपुर्व विद्यार्थीको पहलमा वडाका सबै प्रावि शिक्षकलाई मन्टेश्वरी तालिम

पर्वत पर्वत फागुन ६ गते । बाल कक्षा र प्राथमिक तहका विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले पर्वतको ठुलीपोखरीका आधारभूत तहका शिक्षक र बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ । पर्वतको कुश्मा नगरपालिका१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माद्यामिक विद्यालयमा अध्याय गरेका २०५१ सालको एसएलसी ब्याचका भुपु विद्यार्थीहरुको पहलमा सो तालिम प्रदान गरिएको हो […]

  • २ years अगाडि