• होमपेज
  • पर्वतबाट दुई हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
Breaking News

पर्वतबाट दुई हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

पर्वत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्वत जिल्लाबाट दुई हजार २८ जना विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको परीक्षा आगामी चैत १५ गतेदेखि सुरु भई २७ गतेसमम सञ्चालन हुँदैछ ।

परीक्षाको लागि सम्पूर्ण तयारी भईरहेको शिक्षा विकास तथा समन्वय इकाई पर्वतले जनाएको छ । कार्यालयका अनुसार जिल्ला भरबाट १७ वटा परिक्षा केन्द्रमार्फत् दुई हजार २८ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन् । जसमध्ये साधारणतर्फ एक हजार नौ सय ४० जना, आंशिकतर्फका ४८ जना र प्राविधिकतर्फका ४० जना रहेका ईकाई प्रमुख उद्धीमराज पौडेलले जानकारी दिनुभयो ।

विज्ञापन

परीक्षाका लागि जलजला गाउँपालिकामा दुई, कुश्मा नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा एक, फलेवास नगरपालिकामा तीन, महाशिला गाउँपालिकामा दुई, पैयुँ गाउँपालिकामा दुई र बिहादी गाउँपालिकामा दुई वटा परीक्षा केन्द्रहरू तोकिएका छन् ।

शिक्षा विकास समन्वय ईकाई पर्वतका अनुसार जिल्लाको जलजला गाउँपालिकाबाट १ सय ६१ जना, कुश्मा नगरपालिकाबाट ७ सय १९ जनाले परीक्षा दिँदै छन् । यस्तै मोदी गाउँपालिकाबाट २ दुई सय ७९ जना, फलेवास नगरपालिकाबाट ३ सय ४ जना परिक्षामा सहभागी हुने बताईएको छ । महाशिला गाउँपालिकाबाट १ सय ३९ जना, पैयुँ गाउँपालिकाबाट २ सय ३२ जना र बिहादी गाउँपालिकाबाट २ सय १४ जना सहभागी हुने ईकाई प्रमुख पौडेलले बताउनुभयो ।

प्राविधिकतर्फ बिहादीको बर्राचौरमा रहेको आम्बारी मा.वि.बाट ४० जना, फलेवासको माटेदेवल जनसहयोगी व्यावसायिक मा.वि.बाट २१ जना, मोदी गाउँपालिकाको तिलाहारमा रहेको नवजागृत मा.वि.बाट १३ जना र कुश्मा नगरपालिकाको पकुवामा रहेको विश्वज्योति मा.वि.बाट ६ जना परिक्षामा सहभागी हुन लागेका छन् । news source: gorkhapatraonline.com 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook