• होमपेज
  • बागलुङमा यात्रु बस दुर्घटना, कम्तीमा ७ को मृत्यु, २५ जना घाइते
Breaking News

बागलुङमा यात्रु बस दुर्घटना, कम्तीमा ७ को मृत्यु, २५ जना घाइते

बागलुङ/बागलुङमा सोमबार साँझ एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार अन्य २५ यात्रु पनि घाइते भएका छन्।

जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा एउटा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो। यो दुर्घटनामा २० जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको हो।

विज्ञापन

यो बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार विकले बताए।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ। घाइतेहरू पनि अझै बढी हुन सक्ने प्रहरीको भनाइ छ। उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरूको विवरण आइनसकेको प्रहरीले उल्लेख गरेको छ।

बस सडकबाट तल झरेर खोल्सामाथि पुगेकाले यात्रुहरू खोल्सा र भिरमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook