• होमपेज
  • एमाले पर्वत अधिवेशनः क्लिन स्वीप गराउने तयारीमा गिरी समूह, डिफेन्सीभ बन्दै तिमिल्सीना समूह
Breaking News

एमाले पर्वत अधिवेशनः क्लिन स्वीप गराउने तयारीमा गिरी समूह, डिफेन्सीभ बन्दै तिमिल्सीना समूह

पर्वत/नेकपा एमालेको पर्वत जिल्ला अधिवेशनको बन्द सत्र सुरुभएसँगै नेतृत्व कसको पक्षमा पार्ने भन्ने दाउमा नेताहरु लागेका छन् । केन्द्रमा केपी ओलीलाई नै धुरी मान्ने नेताहरु नै आपसमा आफ्नो पक्षमा नेतृत्व हत्याउने दाउमा लागेका छन् ।

पर्वतमा कानूनमन्त्री पदम गिरी र राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिनाले दुई समूहको नेतृत्व गरेर नै चुनाव गराउने तयारीमा छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष राजु प्रसाद पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा र सचिब गोबिन्द पहाडी गिरीको दाबी रहेको थियो । तिमिल्सीना समूहबाट पदमपाणी शर्मालाई हटाएर राजु पौडेललाई ल्याएपछि पौडेल र गिरीले चुनावी प्रतिस्पर्धा गर्ने बुझिएको छ ।

विज्ञापन

गण्डकी प्रदेश अधिवेशनको बाछिटा पर्वतमा प्रत्यक्ष रुपमा देखिएकाले खगराज अधिकारी र पृथ्बीसुब्बा गुरुङ समूहबाट नै गुट बनाएर अधिवेशनमा होमिएकाछन् । गिरी समूह खगराज अधिकारी निकट छ भने पौडल समूह पिएस गुरुङ निकट रहेको छ ।

अधिवेशनका लागि जिल्लाभरका ३ सय ९० प्रतिनिधी रहेका छन् । जसम्ध्ये वडा र जनवर्गिय संगठनबाट २ सय ९० र जिल्ला कमिटि (आयोजक)बाट १०० रहेका छन् । जससमध्ये गिरी समूहले जलजला, मोदी, बिहादी र पैयूँमा बहुमतका साथ आफ्ना प्रतिनिधी आएका र कुश्मा बराबरीको अवस्थामा साथै फलेवास र महाशिलाबाट पनि सम्मानजनक प्रतिनिधी आएकाले आफ्नो पक्षमा सहज नतिजा आउनेमा विश्वस्त रहेको बताएको छ ।

पौडेल समूह कुश्मा, फलेवास र महाशिलाबाट आएका प्रतिनिधीबाट उत्साहित रहेको र अन्य पालिकाले सम्मानजनक मत दिनेमा विश्वस्त रहेको बुझिएको छ ।

जिल्लाका नेताहरुको साथ पौडेल समूहलाई

गणेश तिमल्सिनासहित केन्द्रीय सदस्य कल्पना चापागाईँ, गण्डकीका पूर्वमन्त्री विकास लम्साल, प्रदेश कमिटी उपसचिव मन्जु अधिकारी, प्रदेशसभा सदस्यहरू भक्त कुँवर, मित्रलाल बस्याल, फलेबासका पूर्वमेयर तथा वर्तमान पार्टी उपाध्यक्ष पदमपाणी शर्मा, प्रदेश सदस्य शान्त पौडेल लगायत नेताहरू रहेका छन् । सबै नेताहरु एकातिर हुँदा गिरी समूहमा भने कानून मन्त्री पदम गिरी एक्लैले तयारी गरेर आफ्नो समूह मैदानमा पठाउने तयारीमा रहेका छन् ।

गिरी समूहबाट उपाध्यक्षमा बिमल लामिछाने, सचिबमा सुवासचन्द्र पौडेल, उप सचिबमा भने टुंगो लागि नसकेको बताईएको छ भने पौडेल समूहबाट उपाध्यक्षमा शिब प्रसाद पौडेल, सचिबमा जिवन उचै ठकुरी, उप सचिबमा देबि तिमिल्सीना र महिला भने टुंगिन बाँकी रहेको बताइएको छ । दुबै पक्षले आफ्नो पल्लाभारी भएको बताएपनि अधिकांस प्रतिनिधीहरु जिम्मेवार नेताहरु आएकाले पार्टीलाई हाँक्न सक्ने नेतृत्व छनोट गर्नेमा दुबै पक्षका नेताहरुले बताउँदै आएका छन् ।

राजु पौडेलको दोस्रो प्रतिस्पर्धा
नेकपा एमाले पर्वतको आठौं अधिवेशको समयमा देशभर माधब नेपाल समूह र केपी ओली समूह रहेका थिए । पौडेल माधब नेपाल समूहबाट र पदम गिरी केपी ओली समूहबाट निर्वाचनमा भिडे । पदम गिरीले पौडेललाई फराकिलो मतान्तरले जितेका थिए ।

२०७८ सालमा एमाले बिभाजन भएसँगै नवौं अधिवेशन सम्पन्न भयो । राजु प्रसाद पौडेल सर्वसम्मत अध्यक्ष बने । एमाले बिधानमा ३ वर्षे कार्यकाल रहेकाले अहिले ३ वर्ष नपुग्दा आफ्नो कार्यकाल नपुगेको भन्दै राजु पौडेल पुनः दोहोरिने मनस्थितिमा रहेका छन् । तिमिल्सीनाको सहमतीमा राजु पौडेल भए सर्वसम्मत र नभए निर्वाचनबाट भएपनि नेतृत्व लिने दाउमा रहेका छन् । सर्बसम्मत अध्यक्ष बनेर पार्टी चलाएको नेतृत्व पूनः निर्वाचनमा जान नहुने अधिकांस नेता कार्यकर्ताको मत रहेको भएपनि उनी निर्वाचनमा भएपनि जान तयारी रहेको बताएकाछन् ।

पदमपाणी शर्मालाई ब्रेक
नेकपा एमाले पर्वतमा उपाध्यक्ष रहेका पदमपाणी शर्मालाई दशौं अधिवेशन सम्झन लायक बनेको छ । नेकपा एमाले निकट अनेरास्वबियूको आन्दोलनबाट आएका शर्मा सदस्यबाट, सचिवालय सदस्य, उपसचिब, सचिब हुँदै उपाध्यक्षसम्म आए तर अहिले भने उनलाई अध्यक्ष हुने अवसर मिलेन ।

निरन्तर संगठनमा काम गरेकाले आँफूले स्वतः अध्यक्ष पाउनुपर्ने दाबी भएपनि उनी रहेको समूहबाट नै पेलानमा परे । उनलाई अध्यक्ष नबनाउन गणेश तिमिल्सीना, विकास लम्साल, वर्तमान अध्यक्ष पौडेलसहित पर्वतका नेताहरुको ठूलो समूह लाग्यो । २०७७ सालमा केपी ओलीले संसद विघटनको समयमा माधब प्रचन्ड समूहमा लागेकै कारण नवौं अधिवेशनमा रोकिएका शर्मा दशौंमा भने झनै पेलिए ।

गिरीलाई अवसर
एमाले पर्वतको दशौं अधिवेशनले पार्टी सचिब गोबिन्द पहाडी गिरीलाई भने अवसर बनेको छ । गण्डकी प्रदेश कमिटिमा भएको निर्वाचनले पाठ सिकेका खगराज अधिकारी समूहले कास्कीसँगै पर्वत पनि जित्ने दाउका साथ तयारी थालेको छ । कानून मन्त्री पदम गिरीले गोबिन्द पहाडीलाई अध्यक्षमा समर्थन गरेर प्रतिनिधीसँग मत माग्न थालेसँगै पहाडीलाई समेत जित्न सजिलो हुने आँकलन गरिएको छ । गिरीले पार्टी चलाउन आँफूसँग राम्रो अनुभव भएकाले कार्यकर्ताले समेत विश्वास गर्ने र भए सर्वसम्मत नभए निर्वाचनमा गएर भएपनि नेतृत्व लिने गरि तयारी थालेको बताए ।

एकल समूहका नेता प्रतिस्पर्धी
एमाले पर्वतमा गुट परिवर्तनले केही युवा नेताहरु भने प्रतिस्पर्धी बन्ने भएका छन् । युवा संघ नेपालका जिल्ला अध्यक्ष तथा  पूर्व केन्द्रीय सदस्यद्वय शिब प्रसाद पौडेल र बिमल लामिछानेबीच उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ । दुबै जना आठौं र नवौं अधिवेशनमा केपी ओली समूहका थिए ।

यस्तै अनेरास्वबियूका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यद्वय जीवन उचै ठकुरी र सुवासचन्द्र पौडेल सचिबमा दुई समूहबाट प्रतिस्पर्धा गर्ने भएका हुन् । उनीहरु दुबैजना पूर्व माधब नेपाल समूहका नेताहरु हुन् । युवाहरुको यो रोचक प्रतिस्पर्धाले कार्यकर्तालाई समेत छनोट गर्न गाह्रो हुने देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook