• होमपेज
  • एमाले पर्वतको अधिवेशन शुरु, नेतृत्वका लागि तिमिल्सिना र गिरी समुहबीच रस्साकस्सी
Breaking News

एमाले पर्वतको अधिवेशन शुरु, नेतृत्वका लागि तिमिल्सिना र गिरी समुहबीच रस्साकस्सी

पर्वत/नेकपा एमाले पर्वतको १० औ अधिवेशन आज (मंगलबार)देखि कुश्मामा सुरु भएको छ  । अधिवेशनको पार्टीका उपाध्यक्ष बिष्णु पौडेलले उद्घाटन गरेकाछन् । भर्खरै मात्र सुरु भएको उद्घाटन सत्रमा नेताहरु बोल्नेक्रम सुरु भएको हो ।

अधिवेशनमा भाग लिनका लागि ६१ वटै वडा, जिल्ला कार्य समिति, पालिका समिति, जनबर्गिय संगठन गरी तीन सय ८३ जना प्रतिनिधि सहभागी भएका छन् । तर कुश्मा नगरपालिका ११ पकुवाको भने प्रतिनिधि विवादका कारण टुंंगो लाग्न सकेको छैन ।

विज्ञापन

अधिवेशन सुरु भएसँगै नेकपा एमाले पर्वतको आगामी नेतृत्वका लागि रस्साकस्सी चलेको छ । ९ औ अधिवेशन सर्वसम्मत सम्पन्न गरेको एमालेले १० औ अधिवेशनमा आउदा भने राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना र कानुन मन्त्री पदम गिरीकाबीचको रस्साकस्सी प्रष्ट रुपमा देखिएको छ । तिमिल्सिना र गिरी पक्षबिच प्रतिनिधि ल्याउनेदेखि नेतृत्वमा रस्साकस्सी चलेको हो ।

तिमिल्सिना पक्षबाट बर्तमान अध्यक्ष राजु पौडेल र उपाध्यक्ष पदमपाणी शर्माको चर्चा छ । यता गिरी पक्षले भने सचिव गोबिन्द पहाडीलाई अध्यक्षमा प्रतिष्पर्धा गराउने तयारी गरेको छ । पहाडीले कुश्मास्थित स्वर्ग होटललाई सचिवालयका रुपमा प्रयोग गरी प्रतिनिधिसंग मत माग्दै आएका छन् ।

यता तिमिल्सिना पक्षबाट दाबी गरेका राजु र पदमपाणी को उम्मेदवार बनाउने बिषयमा विवाद छ । तिमिल्सिना पक्षले कुश्माको रोयल कुश्मा होटललाई सचिवालय बनाएर चुनाव केन्द्रीत तयारी गरेको भएपनि को चुनाव लडाउने भन्नेमा तय गर्न सकेको छैन । तिमिल्सिनाले राजु पौडेललाई बोक्ने संकेत पाएपछि बलियाे मानिएका पदमपाणी अफठ्यारोमा परेका छन् ।

स्रोतकाअनुसार तिमिल्सिना पक्षले बर्तमान अध्यक्ष राजु पौडेललाई नै सकेसम्म सर्वसम्मत नभए निर्वाचनमा अगाडी सार्ने तयारी गरेको बुझिएको छ । हालसम्म एमाले पर्वतमा गुट छताछुल्ल नभएपनि गत फागुन २० गते राष्ट्रियसभा अध्यक्ष पदको पदावधि सकिएर जिल्ला फर्किएका गणेश तिमिल्सिना पालिका दौडाहामा हिडेपछि गिरी पक्ष झस्किएर आफ्नो तयारी गरेको बुझिन्छ ।

एमाले पर्वतका अध्यक्ष राजु पौडेलले आफ्नो कार्यकाल अझै ९ महिना बाँकी रहेपनि पुनः अधिवेशन गर्न थालेको र आफु अध्यक्ष हुने मनसाय ब्यक्त गरे । ‘म अध्यक्ष भएपछि एमाले पर्वतले धेरै सफलता पाएको सबैलाई छर्लङ्गैछ’ उनले अध्यक्ष पदमा पुनः दावी गरेको मनसायका रुपमा भने–‘९ महिना बाँकी रहदै अधिवेशन गर्न लागेका छौ, यसले पनि मैले धेरै भन्न परेन ।’ उनले सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्ने पनि बताए । ‘सर्वसम्मत सर्वसम्मत नै गर्छौ, सर्वसम्मत सबैभन्दा लोकतान्त्रिक बिधि हो, होइन भने आन्तरिक प्रतिष्पर्धा हुन्छ’ उनले भने ।

उपाध्यक्ष पदमपाणी शर्माले आफु तल्लो पदबाट क्रमिक रुपमा उपाध्यक्षसम्म आएको र अव अध्यक्षको जिम्मेबारी लिने कुरा स्वभाविक भएको बताए । नेता कार्यकर्ताले न्याय गर्नेमा आफु विश्वस्त रहेको पनि बताए । यता पहाडीले नेकपा एमाले पर्वत हाक्नसक्ने ब्यक्ति आफु नै भएको दाबी गरेका छन् ।

प्रतिनिधि चयन भएपछि थप हौसिएका पहाडीले आफु प्रतिष्पर्धा गर्नेगरी तयारी गरेको पनि बताउने गरेका छन् । राजु पौडेललाई अध्यक्ष बनाउने बेला नै १० औ अधिवेशनमा पहाडीलाई नेतृत्व हस्तान्तरण गर्ने तिमिल्सिनाले नै बोलेको गिरी पक्षको दाबी रहेको छ । सारथी न्युज अनलाईनबाट साभार ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook