• होमपेज
  • एमाले पर्वत अधिवेशनः पिएस टिमबाट पदमपाणी शर्मा अध्यक्षमा भिड्दै
देश/प्रदेश

एमाले पर्वत अधिवेशनः पिएस टिमबाट पदमपाणी शर्मा अध्यक्षमा भिड्दै

पर्वत । नेकपा एमाले पर्वतको दशौं अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

गण्डकी प्रदेशमा जस्तै पृथ्बी सुब्बा गुरुङ्ग र खगराज अधिकारी समूह पर्वतमा पनि देखिएपछि पिएस समूहको गणेश तिमिल्सीना र खगराज समूहको पदम गिरीले नेतृत्व गरेका छन् ।

विज्ञापन

सहमती हुने सम्भावना करिब सकिएकाले निर्वाचनबाट नै नेतृत्व टुंगो लाग्ने दुबै पक्षको भनाई छ । अध्यक्ष पदका लागि पिएस टिमबाट एमाले पर्वतका उपाध्यक्ष पदमपाणी शार्मा र खगराज टिमबाट पार्टी सचिब गोबिन्द गिरी पहाडीबीच प्रतिस्पर्धा हुने भएको छ ।

पिएस टिमबाट वर्तमान अध्यक्ष राजु प्रसाद पौडेललाई अगाडी बढाउने तयारी भएपनि अन्तिम समयमा पदमपाणी शर्माको माहोल देखिपछि शर्मालाई अध्यक्षका लागि अगाडी बढाइएको हो । शर्मा अध्यक्षमा लड्दा माहोल राम्रो हुने र नतिजा आफ्नो पक्षमा पार्न सहज हुने सो समूहको ठहर छ ।

एमाले निकट अखिलबाट राजनीतिमा प्रवेश गरेका शर्मा एमाले पर्वतको जिल्ला कमिटि सदस्यबाट हालसम्म निरन्तरछन् । उनी अहिले उपाध्यक्ष पदमा रहेका छन् । राजनीतिमा निरन्तर लागेका कारण कार्यकर्तामा लोकप्रिय रहेका शर्माले नजिता आफ्नो पक्षमा पार्नसक्ने आँकलन गरिएको छ ।

त्यस्तै वर्तमान सचिब रहेका पहाडी गिरी समूहबाट अध्यक्ष पदका बलिया उम्मेदवार हुने ठहरका साथ अगाडी बढाएका हुन् । गिरी  मन्त्री पदमा रहेको बेला आफ्नो प्रभावले पनि केही काम गर्ने भएकाले नतिजा सहज हुने उनीहरुको अनुमान रहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook