राजनीति

भीम रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुखसँग एमालेको आपत्ति
भीम रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुखसँग एमालेको आपत्ति

प्रतिनिधिसभा बैठकमा भीम रावललाई बोल्न दिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ। आइतबार बसेको संसद् बैठकमा एमाले सांसद रावलले एमसिसी सम्झौता संसदमा टेबुल भएको भन्दै विरोधमा आफ्ना धारणा राखेका थिए। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई भेटेर रावललाई दलीय आधारमा बोल्न दिएको भन्दै आपत्ति जनाएका हुन्। सभामुखसमक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति […]

  • ३ years अगाडि
देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा
देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।  राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हु्न। बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिन मानेनन् । सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन् । देउवाले बालकोटमा ओलीसँग दुई चरण वार्ता गरे […]

  • ३ years अगाडि
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक दुई घन्टा पछि सर्‍यो
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक दुई घन्टा पछि सर्‍यो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो। दुई नेताको भेटवार्तापछि ३ बजेका लागि निर्धारित गठबन्धनको बैठक दुई घन्टा पर सरेको छ। बैठक ५ बजे बालुवाटारमा बस्नेछ। प्रधानमन्त्री देउवा जुनसुकै अवस्थामा पनि एमसिसी संसदमा लगिछाड्ने अडानमा रहेपछि पाँचदलीय सत्तागठबन्धनमा ठूलो मतभेद देखिएको छ। सत्ता […]

  • ३ years अगाडि
एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्रीले छाडे पार्टी, ‘अपमानित भएर एमालेमा बस्न सक्दिनँ’
एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्रीले छाडे पार्टी, ‘अपमानित भएर एमालेमा बस्न सक्दिनँ’

काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले पार्टी त्यागेको घोषणा गरेका छन्। गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन्। पार्टीभित्र समान्तवादी सोच मौलाउँदै गएको दाबी गर्दै आफूले पार्टी छाडेको उनले उल्लेख गरेका छन्। ‘पार्टी भित्र मौलाउदै गएको सामन्तवादी सोच, चाकडी, चाप्लुसी र व्यक्तिवादी प्रवृत्ति, […]

  • ३ years अगाडि
जसपाको आन्तरिक विवाद, भट्टराई समूह बहुमतमा रहेको दावी
जसपाको आन्तरिक विवाद, भट्टराई समूह बहुमतमा रहेको दावी

काठमाडौ: ‘समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र इतर पक्षले बहुमत जुटाएका छन् । केन्द्रीय कार्यकारिणी, संघीय सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर बसेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन् । ‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका […]

  • ३ years अगाडि
एमसीसीका विषयमा म अम्पायर मात्रै हो : सभामुख सापकोटा
एमसीसीका विषयमा म अम्पायर मात्रै हो : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विषयमा आफू निर्णायक नभई खेलको अम्पायरको जस्तो मात्रै भएको बताएका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा एमसीसीको विषयमा आफ्नो भूमिका अम्पाएर मात्रै भएको उनले बताए । उनले भने, ‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म […]

  • ३ years अगाडि
केपी ओलीको जाली तमसुकमा ५ सांसदले हस्ताक्षर नगरेपछि……….
केपी ओलीको जाली तमसुकमा ५ सांसदले हस्ताक्षर नगरेपछि……….

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं । आवश्यक परेको ठाउँमा ती चिजहरुलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ’, भट्टराईले भने । […]

  • ३ years अगाडि
एमसिसिको बिरुद्धमा नेकपा एकीकृत समाजवादी पर्वतको प्रदर्शन
एमसिसिको बिरुद्धमा नेकपा एकीकृत समाजवादी पर्वतको प्रदर्शन

लक्ष्मण बिसि,पर्वत । अमेरिकी सहयोग परियोजना (एमसिसि) को बिरोधमा पर्वतको कुश्मामा आज बिरोध प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको नेतृत्वमा बिरोध प्रदर्शन गरिएको हो । बिरोध सभामा बोल्ने वक्ताहरुले एमसिसी नेपालको हितमा नभएको भन्दै कुनै हालतमा नेपालले एमसिसी स्वीकार गर्न नहुने बताएका थिए । अमेरिकी सहयोग लोभमा नेपालको स्वतन्त्रता, स्वाधीनता […]

  • ३ years अगाडि
एमसिसी पारित गर्न एमालेको साथ लिने विकल्पमा कांग्रेस खुला
एमसिसी पारित गर्न एमालेको साथ लिने विकल्पमा कांग्रेस खुला

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गर्ने सीमा घर्कँदै गएपछि नेपाली राजनीतिमा सरगर्मी बढेको छ। अमेरिकाले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनाएको लिखित प्रतिवद्धतालाई आधार मान्दै फेब्रुअरी २८ सम्म एमसिसी संसदबाट पारित नभए फिर्ता हुने स्पष्ट सन्देश दिएको छ। अमेरिकी अधिकारीले एमसिसी फिर्ता गर्ने कुरा […]

  • ३ years अगाडि
संसदलाई भेन्टिलेटरमा पुर्‍याउने काम भयो: ओली
संसदलाई भेन्टिलेटरमा पुर्‍याउने काम भयो: ओली

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचन लड्ने बताएका छन्। ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण तालिम’ कार्यक्रमको शुक्रबार उद्घाटन गर्ने क्रममा बोल्दै ओलीले एमालेलाई जनतामा विश्वास रहेको दाबी गरे।आफ्नै पार्टीको सरकार गिराउन र पार्टी फुटाउन सहभागी हुनेहरूसँग कुनै तालमेल नहुनेसमेत उनले बताए। ‘पार्टी सफलतामा पुग्यो, कसरी […]

  • ३ years अगाडि
एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने
एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो। एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए। फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन […]

  • ३ years अगाडि
एमसीसी फिर्ता गर्न हुँदैन, फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुन्छन् : सूर्य थापा
एमसीसी फिर्ता गर्न हुँदैन, फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुन्छन् : सूर्य थापा

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका माधवकुमार नेपालले देशलाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको आरोप लगाएका छन्। उनले अमेरिकी सहायता परियोजना (एमसिसी) फिर्ता पठाउने बहानामा प्रचण्ड र नेपालले देशलाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको आरोप लगाएका हुन्। थापाले एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड […]

  • ३ years अगाडि