• होमपेज
  • राष्ट्रपति पनि एमालेले पायो भने सत्ता कब्जा गर्छ – नेपाल
Breaking News

राष्ट्रपति पनि एमालेले पायो भने सत्ता कब्जा गर्छ – नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद नेकपा एमालेलाई कुनै पनि हालतमा दिन नहुने बताएका छन् ।

उनले एमालेले राष्ट्रपतिको माग राख्नु सत्ता कब्जा गर्ने दाउ भएको बताएका छन् ।

विज्ञापन

सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राष्ट्रपति निर्वाचनबारे नेकपा माओवादी केन्द्रले सोचविचार गर्नु पर्ने बताएका छन् । ‘सभामुख एमालेले पाइसकेको छ, राष्ट्रपतिमा अब कब्जा गर्ने र पछि प्रधानमन्त्रीमा कब्जा गर्ने सोचमा एमाले छ,’ उनले भने, ‘एमालेले राष्ट्रपति पायो भने उसलाई कसैले छुन सक्दैन ।’

नेपालले जसपालाई सरकारमा नल्याएर एमालेले नेतृत्वको संकीर्ण सोच छताछुल्ल भएको पनि बताएका छन् ।

जसपा र नेकपा एकीकृत समाजवादीको एकताको विषयमा चर्चा चलेकाले नै जसपालाई सरकारमा नलैजाने एमालेको सोच असहिष्णु भएको पनि उनले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook