• होमपेज
  • पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन
खेलकुद

पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन

पोखरा, माघ १४ गते। तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय पुरुष तथा महिला भलिबलमा पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन बनेका छन्।

पुरुषतर्फ गण्डकीले एपीएफ क्लबलाई ३-२ को सेटमा हराउँदै घरेलु टोली दोस्रो पटक टाइगर कप विजेता बनेको हो। पहिलो सेटमा १६-२५ को फराकिलो अन्तरले हार व्यहोरेको गण्डकी दोस्रो सेटमा खेलमा फर्कदै गण्डकीले २५-१८ को जित निकालेको थियो।

विज्ञापन

तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको गण्डकीले चौथो सेटमा  एपीएफले २५-२७ ले आफ्नो पक्षमा पारेको थियो।

निर्णायक पाँचौ सेटमा गण्डकीले १५-८ ले आफ्नो पक्षमा पार्दै दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो। एपीएफलाई गण्डकीले हराउदै लिग चरणको बदलासमेत लिएको हो। तेस्रो नेपाल पुलिस बन्दा चौथो नेपाल आर्मी बनेको थियो।

यस्तै महिलातर्फ एपीएफले आर्मीलाई ३-१ को सेटमा हराउदै उपाधि चुमेको हो। एपीएफले २५-२०, २२-२५, २५-८ र २५-२२ ले जितेको हो। तेस्रो न्यु डाइमण्ड बन्दा गण्डकी प्रदेश चौंथो बनेको थियो।

प्रतियोगितामा विजेताले पाँच लाखसहित ट्रफी पाउँदा उपविजेताले दुई लाख ५० हजारमा चित्त बुझाएको हो। तेस्रोले एक लाख २५ हजार पाउँदा चौथोले ६५ हजार पाएको थियो। प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी गण्डकीका रवि केसी र महिलामा एपीएफकी सरस्वती चौधरीले २५÷२५ हजार हात पार्नुभयो।

यस्तै पुरुष तर्फ उत्कृष्ट सेटर बिवस आले (गण्डकी), डिफेन्स बिनोद चन्द (एपीएफ), सरभर घनश्याम चौधरी (गण्डकी), ब्लकर नितीन (गण्डकी), स्पाइकर टेकराज अवस्थी (एपीएफ), र कोच रमेश केसी (गण्डकी) बन्दा महिलातर्फ सेटर प्रगति नाथ (न्यु डाइमण्ड), सरभर अरुण शाही (गण्डकी), ब्लकर संगम महतो (आर्मी), स्पाइकर निरुता ढगुन्ना(एपीएफ) र कोच महेश चौधरी (एपीएफ) बन्नु भएको हो।

प्रतियोगिताको समापनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले पोखरा खेलकुदको केन्द्र भएको बताउनुभयो। उहाँले पर्यटकीय केन्द्र पोखरा खेलकुदको केन्द्र बनाउन परिषद्ले सहयोग गर्नुभयो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook