गण्डकी प्रदेश

पहिरोका कारण पर्वतमा ११ जनाको मृत्यु, पहिरोले अवरुद्ध विद्युत सेवा र इन्टरसेवा ३ दिन पछि सुचारु
पहिरोका कारण पर्वतमा ११ जनाको मृत्यु, पहिरोले अवरुद्ध विद्युत सेवा र इन्टरसेवा ३ दिन पछि सुचारु

पर्वत । अविरल बर्षात पछिको पहिरो जाँदा पर्वत जिल्लामा ११ जनाको मृत्यु भएको छ । पहिरोका कारण अवरुद्ध विद्युत सेवा र इन्टरनेट सेवा जिल्लामा ३ पछि मात्र सुचारु भएको छ । पर्वतको विभिन्न स्थानमा गत शुक्रबार राती गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको हो । पर्वतको कुश्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा […]

  • ३ years अगाडि
तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

गोरखा । गाेरखामा तास खेलिरहेको अवस्थामा ८ जना प्रहरीले पक्राउ गरेको छ ।  गोरखा नगरपालिका-६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४४ वर्षीय बसन्त गुरुङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे  । उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ‍जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २८ […]

  • ३ years अगाडि
बालविकास शिक्षकलाई आधारभूत शिक्षकसरहको सुविधा दिन प्रस्ताव, १५ हजार रुपैयाँ पारिश्रमिक पाउने
बालविकास शिक्षकलाई आधारभूत शिक्षकसरहको सुविधा दिन प्रस्ताव, १५ हजार रुपैयाँ पारिश्रमिक पाउने

गण्डकी प्रदेश सरकारले तयार पारेको प्रदेशस्तरीय शिक्षा नीतिको प्रस्तावित मस्यौदामा शैक्षिक गुणस्तर सुधारमा बालबालिकालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइएको छ। यसका लागि बालविकास कक्षामा सहजीकरण गर्ने शिक्षकलाई विशेष सुविधा दिनुपर्ने प्रस्ताव छ। प्रदेश शिक्षा नीतिमा प्रदेश सरकारले न्यूनतम २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्ट्याउनुपर्ने, विद्यालय शिक्षालाई प्रदेशले पनि आफ्नो जिम्मेवारीमा लिँदै स्थानीय तहसँग समन्वय गर्नुपर्ने र […]

  • ३ years अगाडि
नेकपा एकीकृत समाजवादी बागलुङको संयोजकमा थापा
नेकपा एकीकृत समाजवादी बागलुङको संयोजकमा थापा

नेकपा (एकीकृत समाजवादी) पार्टीको बागलुङ जिल्ला संयोजकमा लालबहादुर थापा चयन भएका छन् । शनिवार भएको भेलाले केन्द्रीय नेतृत्वसँग संमन्वय गरि थापाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक कमिटी घोषणा गरेको हो । थापा यसअघि नेकपा एमाले बागलुङका जिल्ला सचिव थिए । भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी,जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको ४ सदस्यीय कार्यालय […]

  • ३ years अगाडि
पर्वत अस्पतालको अर्को अनियमितता : स्वास्थ्य उपकरण खरिद गर्ने, प्रयोग नगर्ने
पर्वत अस्पतालको अर्को अनियमितता : स्वास्थ्य उपकरण खरिद गर्ने, प्रयोग नगर्ने

खरा । कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको छ । तर, प्रदेश सरकारको उक्त दाबी कागजमा मात्रै सीमित छ । कोरोना महामारीलाई लक्षित गरी खरिद गरिएका ती स्वास्थ्य उपकरण महामारीको तेस्रो […]

  • ३ years अगाडि
महालेखा प्रतिबेदन : अनियमितता र अपारदर्शिताको नमुना पर्वत अस्पताल
महालेखा प्रतिबेदन : अनियमितता र अपारदर्शिताको नमुना पर्वत अस्पताल

काठमाडौं । कोभिड–१९ को महामारी शुरु भएदेखि नै रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सरकारहरुको भूमिकामाथि सार्वजनिक रुपमै प्रश्न उठिरहेको थियो । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा गरेको मनपरीबारे महालेखा परीक्षकले पनि प्रश्न उठाएको छ । महालेखाको कोभिड विषेश लेखा परीक्षण प्रतिवेदनले सबै प्रदेशले तोकिए बमोजिम र आफ्ना घोषित नीति र कार्यक्रमअनुसार काम नगर्दा महामारी नियन्त्रण प्रभावकारी […]

  • ३ years अगाडि
आफ्नै छोरी बलात्कार गर्ने बुवा र काका पर्वत प्रहरीद्धारा पक्राउ
आफ्नै छोरी बलात्कार गर्ने बुवा र काका पर्वत प्रहरीद्धारा पक्राउ

पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले बुवा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने आफ्नै ४४ बर्षिया बुवा र उनका आफ्नै ३६ बर्षिया काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । १६ बर्षकी किशोरी छोरीलाई बुवा र अंकलले पटक पटक बलात्कार गरेकोमा गत […]

  • ३ years अगाडि
बागलुङमा निषेधाज्ञामा कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द
बागलुङमा निषेधाज्ञामा कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बागलुङ/ बागलुङमा कारोना सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभयो । बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ […]

  • ३ years अगाडि
बाग्लुङमा सक्रिय संक्रमित ६ सय ५० पुग्यो
बाग्लुङमा सक्रिय संक्रमित ६ सय ५० पुग्यो

बाग्लुङ जिल्लामा कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार शनिबार मात्र एक सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ५० पुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । शनिबार थपएिका संक्रमितमध्ये ९९ जना बाग्लुङ नगरपालिकाभित्रका मात्रै छन् । ती […]

  • ३ years अगाडि
‘बाटाे र पुल अर्काे वर्ष बनाउँला, अहिले खाेप चाहिएकाे छ’ मुख्यमन्त्री पोखरेल
‘बाटाे र पुल अर्काे वर्ष बनाउँला, अहिले खाेप चाहिएकाे छ’ मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिकाले आज शुक्रवार आयोजना गरेको स्वागत एवम् सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको उल्लेख गर्नुभयो । ६ महिनाभित्र प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै त्याे प्रतिबद्धता […]

  • ३ years अगाडि
डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता
डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

बागलुङ/ मंगलवार दिउसो बागलुङको काठेखोला गाउँपालिका ७ रेशमा २० बर्षिय युवतीको पानीमा डुवेर मृत्यु भएको छ । स्थानीय देवराज कार्कीकी अविवाहित छोरी मनकुमारीको खोलामा ढुवेको अबस्थामा शव भेटिएको प्रहरीले बतायो । घरबाट घाँस काट्न खेतमा हिडेकी ती युवतीलाई छिमेकीले खोलामा मृत देखेपछि प्रहरीमा खवर गरेका थिए । मंगलवार दिउसो साढे चारबजे शव देखेपछि स्थानीयले प्रहरीमा […]

  • ३ years अगाडि
लुंखु–हुवास सडक खण्डमा लापर्वाही : कारवाहीको माग गर्दै महाशिलाका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यलयमा
लुंखु–हुवास सडक खण्डमा लापर्वाही : कारवाहीको माग गर्दै महाशिलाका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यलयमा

पर्वत । जिल्लाको लुंखु हुवास सडक खण्डमा निर्माण कार्यमा लापर्वाही भएको भन्दै निर्माण कम्पनीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय पर्वतमा निवेदन पेस भएको छ । मंगलबार महाशिला गाउँपालिका वडा न.५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरी र ४ का वडा अध्यक्ष पुरन मल्लले कारवाहीको माग गर्दै निवेदन पेश गरेका हुन । ग्रामिण सडक सञ्जाल […]

  • ३ years अगाडि