• होमपेज
  • फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन
Breaking News

फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन

पर्वत। पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ । गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ । कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ ।

उक्त सडकखण्डको लमाएदेखि लुङ्खुसम्मको कालोपत्रे गुणस्तरहीन भएसँगै स्थानीयले विरोध गरेका छन् । सडकमा गुणस्तर नभएको भन्दै विभिन्न निकायमा ध्यानाकर्षण गराउँदा समेत निर्माण कम्पनीले बेवास्ता गरेको महाशिला गाउँपालिका–५, लुङ्खुका पूर्व वडाध्यक्ष जीवन उचै ठकुरीले बताउनुभयो ।

विज्ञापन

उहाँका अनुसार सडकको विभिन्न ठाउँमा गत वर्षामा गएको पहिरोसमेत नहटाएको, टेवा पर्खाल तथा नाली सुधार नगरी कालोपत्रे गरेको र सडक बनाएदेखि नै विभिन्न समस्या आउन थालेको उहाँको भनाइ छ ।

“हामीले सम्बन्धित कार्यालय, निर्माण कम्पनी र जिल्ला प्रशासनमा समेत ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन,” उहाँले भन्नुभयो, “निर्माण कम्पनीको चरम लापरबाही र कार्यालयको अनुगमन फितलो भएकाले यस्तो समस्या आएको हो ।”  अहिले लमाए–कुर्घा खण्डको कालोपत्रे ठाउँ–ठाउँमा उक्किएको र धाजा फाटेको छ भने कुर्घा दुक्तान–लुङ्खु खण्डको नाली भत्किएका कारण सडक बगाउन सुरु भएको स्थानीय राम खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक कालोपत्रे तीन इन्च बाक्लो हुने भनि सम्झौता भए पनि अधिकांश ठाउँमा एक इन्च मात्रै रहेको छ । कमजोर सडकका कारण स्थानीयवासी टौप्रसाद शर्मा र गोविन्द गुरुङलगायतका घरमा जोखिम बढेको छ । यता ग्रामीण सडक सुधार आयोजना आरसीआईपीले भने निरन्तर अनुगमन गरिएको भए पनि पानीका कारण समस्या भएको हुनसक्ने दाबी गरिएको छ ।

आयोजना प्रमुख कमल अधिकारी केही ठाउँमा छिटै सवारीसाधन चलेकाले कालोपत्रे उप्किएको हो । उहाँले कहीँकतै ‘कम्प्रेसर’ नपुगेर पिच उक्किन सक्ने जानकारी दिनुभयो । सो सडकमा पर्वतमै पहिलो पटक अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गरिएको हो । तीन इन्च कालोपत्रे बिछ्याएर चार दशमलव पाँच मिटर चौडा पिच गरिएको प्रमुख अधिकारीले बताउनुभयो ।

लमायदेखि लुङ्खुसम्म १४ किलोमिटर सडक गत जेठको अन्तिमसातामा सम्पन्न भएको हो भने एक किलोमिटर पहिरोका कारण कालोपत्रे गर्न नसकिएको कार्यालयले जनाएको छ । एसियाली विकास बैङ्क (एडिबी)को ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रे भएको हो ।

पर्वतको अर्मादी–बनौ सडक र मडकुवा–कुर्घा–लुङ्खु सडकका लागि ६१ करोड बजेट छुट्याइएको थियो । यो सडक कालोपत्रे भएपछि दक्षिण पर्वतका फलेवास, महाशिला, बिहादी र पैँयु गाउँपालिकाका नागरिकलाई सदरमुकाम कुस्मा बजार आउजाउ गर्न सहज हुनेछ । copy from gorkhapatra.com

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook