• होमपेज
  • नेपाली कांग्रेस कुश्मा नगर अधिवेशनका लागि दामोदर पौडेल (दिपक) को उम्मेदवारी घोषणा
कुश्मा नगरपालिका

नेपाली कांग्रेस कुश्मा नगर अधिवेशनका लागि दामोदर पौडेल (दिपक) को उम्मेदवारी घोषणा

पर्वत । नेपाली कांग्रेसको आसन्न कुश्मा नगर अधिवेशनका लागि युवा नेता दामोदर पौडेल (दिपक) ले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टीलाई गतिशील, सुदृढ र युवा पुस्ताको भावनाअनुसार अघि बढाउने उद्देश्यले आफूले उम्मेदवारी घोषणा गरेको पौडेलले बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गर्नुभएका पौडेलले कुश्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको नेविसंघ इकाई सभापतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएका पौडेल कांग्रेसका विभिन्न संगठनात्मक तथा राजनीतिक गतिविधिमा निरन्तर संलग्न हुँदै आउनुभएको छ ।

विज्ञापन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिनुभएका पौडेल पराजित हुनुभएको थियो । त्यसपछि पनि पार्टीका विभिन्न गतिविधिमा सक्रिय रहँदै संगठन निर्माण र पार्टी सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएको उहाँको भनाइ छ ।

आसन्न नगर अधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गर्दै पौडेलले अहिलेको आवश्यकता पार्टीका सबै तह र क्षेत्रमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्नु रहेको बताउनुभयो । युवाको सक्रिय सहभागिता र नेतृत्वबाट मात्रै पार्टीलाई थप बलियो, गतिशील र प्रभावकारी बनाउन सकिने उहाँको धारणा छ ।

पार्टीभित्र रहेका सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकको भावना बुझेर काम गर्न आफू सक्षम रहेको दाबी गर्दै पौडेलले संगठनलाई एकताबद्ध बनाउँदै कांग्रेसलाई थप सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो ।

उहाँले युवाको ऊर्जा, अग्रजको अनुभव र सबै कार्यकर्ताको सुझावलाई समेटेर पार्टीलाई नयाँ गतिका साथ अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै