• होमपेज
  • शिक्षक सङ्गठन पर्वतद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, पैयुँकी शिला सापकोटा प्रथम
Breaking News

शिक्षक सङ्गठन पर्वतद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, पैयुँकी शिला सापकोटा प्रथम

पर्वत, २२ भाद्र ।

हरितालिका तीज २०८३ को अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महिला विभाग, पर्वतद्वारा आयोजित जिल्लास्तरीय अन्तरपालिका वक्तृत्वकला प्रतियोगिता आइतबार कुश्मामा सम्पन्न भएको छ।

विज्ञापन

जिल्ला उपाध्यक्ष तथा महिला विभाग संयोजक गंगा कुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय समिति सदस्य एवम् बागलुङ जिल्ला इन्चार्ज गंगा कुमारी शर्मा रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राष्ट्रिय समिति सदस्य एवम् पर्वत जिल्ला इन्चार्ज नवराज भुसाल, राष्ट्रिय समिति सदस्य एवम् कास्की जिल्ला इन्चार्ज चिरञ्जीवी अधिकारी, अतिथिहरु प्रदेश समिति सदस्य चक्रपाणी सापकोटा, जिल्ला अध्यक्ष सुरेन्द्र शर्मा गौतम, प्रदेश समिति सदस्य गिता देवी घिमिरे, इन्द्र प्रसाद शर्मा, नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष भागिरथ अधिकारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सह-सचिव हुमा कुमारी शर्माले गर्नुभएको थियो।

पर्वत जिल्ला अन्तर्गत पालिका स्तरबाट सर्वोत्कृष्ट भई आएका प्रतिस्पर्धीहरू बीच भएको प्रतिस्पर्धामा जनसेवा संस्कृत मावि, पैयुँ गाउँपालिकाकी शिला सापकोटा प्रथम, नवजागृत मावि, मोदी गाउँपालिकाकी साँची सुवेदी द्वितीय, शारदा मावि, फलेवास नगरपालिकाकी सोनिया पौडेल तृतीय र नारायण मावि, कुश्मा नगरपालिकाकी इशिका पुरी सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ।

उक्त वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा कृष्णराज पौडेल, आनन्द रिमाल र गंगा कुमारी शर्मा रहनुभएको थियो।

विजेताहरूले क्रमशः नगद ६ हजार, ४ हजार, ३ हजार र २ हजार रुपियाँ साथै प्रमाणपत्र प्राप्त गर्नुभएको थियो भने अन्य सहभागीहरूलाई समेत नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो।

सङ्गठनले जिल्ला भित्र निरन्तर रुपमा पेशागत तथा शैक्षिक अभवृद्धि हुने रचनात्मक कार्यक्रम गर्दै आएको जिल्ला सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै