• होमपेज
  • पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
खेलकुद

पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई

पर्बत। पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालय,चुवाले उचालेको छ । सशस्त्र प्रहरीको खेलमैदानमा आयोजना भएको फाइनल खेलमा मङ्गोलदय मा बि ले आइबल एकेडेमीला‌ई ९ विकेटले जित्दै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको आइबल एकेडेमी १४.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ३४ रन बनाउन सफल भएको थियो।

आइबल एकेडेमीलाई सस्तैमा समेट्ने क्रममा मङ्गोलदयका सुजल गिरीले ४, सिर्जित पौडेलले ३ र प्रवेश भण्डारीले २ विकेट लिन सफल भएका थिए। आइबलको लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सफल भएनन्। ३५ रनको झिनो लक्ष्य पाएको मङ्गोलदयले ४.५ ओभरमा एक विकेट गुमाएर जित हासिल गर्दै उपाधि जित्न सफल भएको हो। मङ्गोलदयको‌ लागि रोहित पोखरेलले अविजित १८ रन बनाउन सफल भएका थिए।

विज्ञापन

उपाधि जित्दै मङ्गोलदय मा बि ले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने त्यसैगरी द्वितीय स्थानमा चित्त बुझाउनु परेको आईबल एकेडमीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट बलिङ गरेका मङ्गोलदयका सुजल गिरी म्यान अफ द फाइनल घोषित भए। पर्वत क्रिकेट सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत ग्रासरुट क्रिकेटको विकासको लागि अब खेल्ने छ पर्वत उद्देश्यका साथ पुष १२ गते देखि १९ गतेसम्म सञ्चालन भएको पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिता २०८२ मा पर्वत जिल्लाका १४ वटा स्कुलहरूले सहभागिता जनाएका थिए।

पर्वत क्रिकेट संघका अध्यक्ष रेशमबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको समापन तथा ट्रफी वितरण कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेको प्रमुख अतिथि रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिमा गण्डकी प्रादेशिक सङ्घका अध्यक्ष संजयका सिग्देल , सशस्त्र प्रहरी बल न २५ हे क्वा चण्डीकाका केशव पौडेलको उपस्थिति रहेको थियो।

त्यसैगरी जिल्ला खेलकुद विकास समिति पर्वतका उपाध्यक्ष राजन गुरुङ, सदस्य सन्तोष पौडेल, प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेल, प्रदेश अस्पताल पर्वतका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शंकर गिरी, गण्डकी विद्यालय खेलकुद सङ्घका सदस्य इन्द्रप्रसाद शर्मा‌ , गण्डकी प्रादेशिक क्रिकेट टिमका मुख्य प्रशिक्षक रिजन पर्जु, गण्डकी प्रादेशिक महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक दिपेश खत्री लगायतको उपस्थिति थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै