पर्वत — पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ र २ को सिमानामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पार्वती गुफामा समाजसेवी गोबिन्द बहादुर पौडेलको परिवारको सहयोगमा भण्डार गृह निर्माण सम्पन्न भएको छ।
गुफा परिसरमा आवश्यक पूजा सामग्री लगायत मन्दिरका अन्य सामानहरु व्यवस्थित रूपमा भण्डारण गर्ने उद्देश्यले कुश्मा नगरपालिका २ निवासी पौडेल्को
परिवारले ५ लाख ३६ हजार रुपैयाँ लागतमा भण्डार गृह निर्माण गरिदिएको हो।
विज्ञापन
निर्माण सम्पन्न भएको उक्त भवन बिहीबार आयोजित एक कार्यक्रमका बीच पार्वती गुफा संरक्षण समितिका अध्यक्ष छविलाल पौडेललाई हस्तान्तरण गरिएको मन्दिरका उपाध्यक्ष जनकराज पौडेलले जानकारी दिनुभयो।
हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष जनकराज पौडेल, कोषाध्यक्ष कमलराज पौडेलसहित स्थानीय समाजसेवी, धार्मिक अभियन्ता तथा बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
समितिका अध्यक्ष छबिलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका सचिव ऋषिराम सुबेदीले गर्नुभएको थियो। स्थानीयवासीहरूले समाजसेवी शर्माको योगदानले पार्वती गुफाको व्यवस्थापन अझ सहज र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्।


फेसबुक प्रतिक्रियाहरु