• होमपेज
  • लाङ्दी पहिरोमा परि १ जनाको मृत्यु, १ जना बेपत्ता
Breaking News

लाङ्दी पहिरोमा परि १ जनाको मृत्यु, १ जना बेपत्ता

पर्वत।गए मध्यरातीदेखि परेको अविरल वर्षाले घर माथिबाट खसेको पहिरोमा परि मोदी गाउँपालिका वडा नं ३ लाङ्दिमा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता  भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोमा बेपत्ता भएका घरधनी ७६ वर्षिय छबिलाल विकको पहिरोमा पुरिएको अवस्थामा लाश भेटिएको छ।पहिरोमा वेपत्ता छबिलाल विककी श्रीमती ७६ वर्षिय बिष्णुमती विकको अवस्था भने अज्ञात रहेको स्थानीयले बताएकाछन्

विज्ञापन

३२ वर्षिया पवित्रा विक भने घरवाट पहिरो झर्ने वित्तिकै भागेर बच्न सफल हुनुभएको छ । सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । अहिले वेपत्ता पबित्रा विकको खोजी कार्य भैरहेको मोदी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनु भयो ।

घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै