• होमपेज
  • कुश्मामा साउन ९ गतेदेखि ५ दिने “मेडिटेशन” कार्यक्रम संचालन हुने
कुश्मा नगरपालिका

कुश्मामा साउन ९ गतेदेखि ५ दिने “मेडिटेशन” कार्यक्रम संचालन हुने

पर्वत/बम्हकुमारी राजयोग प्रशिक्षण केन्द्र पर्वतले कुश्मामा पाँच दिने राजयोग मेडिटेशन कार्यक्रम गर्ने भएको छ । ब्रम्माकुमारी इश्वरीय विश्वविद्यालय कुश्मा शाखाको आयोजना र कुश्मा नगरपालिकाको सहआयोजनामा साउन ९ गतेदेखि १३ गतेसम्म कार्यक्रम आयोजना गरिएको हो ।

कुश्मास्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने भएको छ । समाजमा बढ्दै गएको नैतिकताको पतन, युवा वर्गमा विकराल बन्दै गएको दुव्र्यसन–कुलत साथै पुरातन धर्म, संस्कृतिको नाममा आएको सामाजिक एवम् धार्मिक विसंगति र विकृति तथा तडकभडकवाट पर्न गएको सामाजिक समस्यालाई न्यूनिकरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।

विज्ञापन

पाँच दिनसम्म संचालनहुने प्रशिक्षणमुलक मेडिटेशनको बरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले गर्नुहुने भएको छ । प्रशिक्षणमा आध्यात्मिक एवं मानव कल्याणकार चिन्तन अन्तर्गत अत्यन्तै शिक्षकमुलक विषयमा प्रशिक्षण गर्नुहुने भएको छ ।

स्वप्रवन्धन नेतृत्व विकास, तनावमुक्त जीवन, सम्पुर्ण योग्य जीवन, सम्पुर्ण स्वास्थ्य एवं खुशिपुर्ण जीवन, सकारात्मक जीवनशैली, मुल्यनिष्ठ शिक्षाघारा स्व सशक्तिकरण, लागु पदार्थ दुव्र्यसन उन्मुक्ति शिक्षा आदि विषयमा सहजीकरण गरिने भएको छ । हरेक दिन दुई सत्रमा कार्यक्रम संचालन हुने भएको छ । पहिलो सत्र दिउँसो साढे १२ बजेदेखि साढे २ बजे सम्म र सन्ध्याकालीन सत्र साँझ साढे ४ बजेदेखि साढे ६ बजेसम्म संचालन हुने भएको छ । गण्डकी प्रदेश स्तरीय यो कार्यक्रममा जुनसुकै उमेर समुह र पेशा व्यावसायका नागरिकहरुले पनि सहभागिता जनाउन पाउने भएका छन् ।

कार्यक्रमको जानकारी तथा प्रचारप्रसारका लागि आइतवार आयोजित पत्रकार सम्मेलनमा कुश्मा शाखाकी संचालिक ब्रम्हाकुमारी राधिका बरालले कार्यक्रमको तयारी तथा व्यवस्थापनका बारेमा जानकारी दिनुभएको थियो ।पत्रकार सम्मेलनमा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले मानिसहरूमा बढ्दो निराशालाई उत्साहमा परिणत गरि सकरात्मक जीवन बाँच्न मेडिटेशन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न वताउँदै वर्तमान समयमा यस्ता खालका प्रशिक्षणमुलक कार्यक्रम अत्यावश्यक रहको वताउनु भयो ।

उहाँले द्वन्द्व, भूकम्प, कोरोना र नाकाबन्दीसँगै देशमा छाएको आर्थिक मन्दी र मान्छेहरुमा आएको चरम निराशामा यस्तो प्रशिक्षण आवश्यक रहेको ठानेल नगरपालिकाले पनि सहकार्य गरेको बताउनुभयो । नगरप्रमुख जोशीले उक्त मेडिटेशनमा सहभागी हुन सम्पुर्ण पर्वतवासीहरुलाई आग्रह गर्नुभएको छ । स्वच्छ र सुन्दर समाजको निर्माणका लागि राजयोग मेडिटेशनमा सवै नागरिकहरु सहभागि हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले पाँच दिनसम्म आयोजित बृहद कार्यक्रमलाई सफल बनाउनका लागि जिल्लामा क्रियाशिल सम्पुर्ण संचारकर्मी र नेपाल पत्रकार महासंघले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामाजिक समस्या र जिल्लामा आत्महत्या लगायत गैरकानूनी क्रियाकलाप बढ्दै गएको बेला यो कार्यक्रम निकै फलदायी हुने उहाँको भनाई छ । साउन ९ गते विहान ब्रम्हकुमारी विश्व विद्यालय कुश्मा शाखादेखि विहान १० बजे शुरु हुने शोभा यात्रा कार्यक्रम स्थलमा पुगेर मुल समारोहमा परिणत हुने भएको छ । उद्घाटन कार्यक्रम लगायत सोहि दिनको प्रशिक्षण समेत शुरु हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै