• होमपेज
  • जापान जाने विद्यार्थीका लागि कुश्मामा खुल्यो ‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’
कुश्मा नगरपालिका

जापान जाने विद्यार्थीका लागि कुश्मामा खुल्यो ‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’

पर्वत । अध्यायन लागि जापान जाने विद्यार्थीहरूको प्रक्रिया गर्न तथा जापनिज भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि पर्वतमा नयाँ कन्सल्टेन्सी स्थापना भएको छ ।

पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको ‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’ को शाखाको रूपमा पर्वत शाखा सञ्चालनमा आएको हो । पर्वत र आसपासको क्षेत्रका विद्यार्थीहरू अध्ययनका लागि जापान जान तथा जापनिज भाषा अध्ययन गर्नका लागि पोखरा पुग्ने गरेकोमा उनीहरूको सहजताको लागि पर्वतमा शाखा स्थापना भएको पर्वत शाखाका प्रबन्धक शिशिर शर्मा पौडेलले बताए ।

विज्ञापन

पोखरामा २०७३ सालमा स्थापना भएको कन्सल्टेन्सीले विगतका वर्षदेखि नै पोखराबाट धेरै विद्यार्थीहरूलाई जापान पठाउँदै आएको र अब पर्वत शाखाबाट पनि विद्यार्थीको माग अनुसारको भाषा र प्रक्रियाको काम गर्ने उनको भनाई छ । जापानको विभिन्न सहरका करिब डेढ सय भन्दा विद्यालयसँग सम्बन्ध स्थापना गरेका कारण पनि रि–युनियनबाट धेरै विद्यार्थीहरूलाई जापान पठाउन सकिएको पोखरा शाखाका प्रबन्धक दिनेश क्षेत्रीले बताए ।

विद्यार्थीहरूलाई जापान पठाउने मात्रै नभएर आवश्यक परेको अवस्थामा कन्सल्टेन्सीका प्रतिनिधिहरू समेत जापान नै पुगेर समन्वय गरिदिने भएका कारण पनि आफूहरूप्रतिको विश्वास धेरै रहेको प्रधान कार्यालय पोखराका प्रबन्धक आदर्श क्षेत्री बताउँछन् । यस्तै पोखरा शाखाकी प्रतिनिधि सृष्टि थापाले विद्यार्थी भिजामा जापान जान चाहनेहरुले करिब पाँच महिनासम्मको अध्ययनपछि हुने परीक्षामा ‘एन फाइभ’ सम्मको लेभल उत्तीर्ण गरेपछि जापान जान सक्ने बताइन् । जापान जानको लागि जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका वा सिटिइभिटीबाट तीन वर्षे तह उत्तीर्ण गरेका विद्यार्थी पनि योग्य हुने कन्सल्टेन्सीले बताएको छ ।

कुश्मा शाखाबाट अहिले विद्यार्थी भर्नाको काम भइरहेको र अब केही दिनमा नै नियमित रूपमा कक्षा सञ्चालन सुरु गरिने पर्वत शाखाका प्रबन्धक पौडेलले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै