• होमपेज
  • विहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख
Breaking News

विहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख

पर्वत  । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८१÷ ०८२ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँ सभाले ४६ करोड ४७ लाख ९३ हजार बजेट सार्वजानिक गरेको हो ।

सोमवार आयोजित १५औँ गाउँ सभामार्फत गाउँपालिकाका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक विकास, सामजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, शुसासन तथा संस्थागत विकास, राजश्व र न्याय क्षेत्रलाई समेटेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

विज्ञापन

सोही अवसरमा गाउँपालिकाका उपाध्याक्ष मिना शर्मा तिवारीले आगामी आर्थिक वर्षका लागि चालुखर्चतर्फ ७१.३८ प्रतिशत अर्थात रु.३३ करोड १७ लाख ८८ हजार रुपैयाँ बिनियोजित गर्नुभएको छ । यस्तै पुँजीगततर्फ २८.६३ अर्थात रु.१३ करोड ३० लाख ५ हजार रुपैयाँ विनियोजन गर्नुभएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आयतर्फ नेपाल सरकारबाट प्राप्त बित्तिय समानीकरण अनुदान ७ करोड ६४ लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट ५ करोड ५९ लाख ७८ हजार, संघिय सरकारबाट सर्शत अनुदान चालु रु. २१ करोड ३९ लाख र पुँजिगत २ करोड ८ लाख अनुमान गरेको छ ।

यस्तै समपुरक अनुदानतर्फ २ करोड, विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सरकारबाट बित्तिय समानीकरण अनुदादन ७९ लाख, प्रदेश सरकार राजस्व बाँडफाँडबाट ३२ लाख ८२ हजार, मालपोत रजिष्ट्रेशन, आन्तरिक कर शुल्क, कालिगण्डकी जल विद्युत रोयल्टी, वन रोयल्टी तथा आर्थिक वर्षमा सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने गरि बजेट ल्याएको बताईएको छ ।

बजेटमा व्ययतर्फ संघीय सरकार सशर्त अनुदानतर्फ रु.२ करोड ८ लाख, संघीय सरकार समपुरक अनुदान (विहादी गाउँपालिकामा सिँचाईँ आयोजना) रु.२ करोड, संघीय सरकारबाट प्राप्त विशेष अनुदानतर्फ (विहादी गाउँपालिका हाईटेक टनेल निर्माणको लागि) रु.१ करोड ५० लाख, प्रदेश सशर्त रु.६० लाख र पालिकास्तरिय वडागत आयोजनातर्फ रु.४ करोड ११ लाख ६८ हजार र समपुरक कोषमा रु. ३ करोड विनियोजन गर्नु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै