३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् भने हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०२ जना होम आइसोलेसनमा रहेका छन् ।