• होमपेज
  • बाबुको नागरिकता नहुँदा संकटमा हिरन्मईको क्रिकेट करिअर
Breaking News

बाबुको नागरिकता नहुँदा संकटमा हिरन्मईको क्रिकेट करिअर

विज्ञापन

बाबुको नागरिकता नहुँदा संकटमा हिरन्मईको क्रिकेट करिअर

पहिचानकै अभावमा राष्ट्रिय टिमबाट खेल्न नपाउने हो कि भन्ने त्रासले १५ वर्षीया हिरन्मई मानसिक रुपमा विक्षिप्त छिन् । बुढेसकालमा ठूलो आशा राखेकी छोरीलाई अगाडि बढ्न भइरहेको अड्चनको मुख्य कारक पनि आफ्नो नागरिकता नहुनु भएको थाहा पाउँदा उनका बुबा वीरेनको मन अमिलो भएको छ ।

27Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
नमिता दाहाल नमिता दाहाल
 २०७९ जेठ २९ गते २०:४२

२९ जेठ, काठमाडौं । दमक–५, झापाकी १५ वर्षीया हिरन्मई रायलाई सानैदेखि क्रिकेट मोह भरिदिने उनकै बुबा विरेन हुन् । आफू जान्ने भएपछि सन्दीप लामिछानेलाई प्रेरणा मानेर हुर्किएकी हिरन्मईले जेठ पहिलो साता युगाण्डाविरुद्धको ऐतिहासिक घरेलु शृंखलामा राष्ट्रिय टिमबाट खेल्ने सपना पनि पूरा गरिन् । पुरुष राष्ट्रिय टोलीका कप्तान सन्दीपको जस्तै हिरन्मईको लेगस्पिन जादूले पाँच टी–२० शृंखलाको पछिल्लो दुई खेल नेपालको पक्षमा आयो ।

प्रदेश १ को यू–१९ टोलीबाट पहिचान बनाएकी हिरन्मईले क्रिकेटको सपना पूरा गर्न एसईई परीक्षा त्यागिन् । पढाई रोकिएपनि क्रिकेटमा लागेकोमा बुबा वीरेनलाई सन्तुष्टि नै मिलेको थियो । छोरीलाई क्रिकेटर बनाउने विरेनको सपना पूरा भएको एक महिना नवित्दै परिवारमा ठूलो सन्नाटा छाएको छ । आफ्नो नागरिकता नभएकै कारण छोरी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विदेश भ्रमणबाट वन्चित हुनुपरेको खबरले वीरेनलाई बेचैन बनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook