विमानमा १९ जना यात्रु रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।
‘विमान अहिलेसम्म सम्पर्कविहीन छ। यसको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘बिहान ९ : ५५ मा पोखराबाट जोमसोमको लागि उक्त जहाज उडेको थियो। मौसम त्यति राम्रो थिएन।’
मौसम खराब भए पनि ताराको जहाज जानुअघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको थियो। तारा एयरलाइन्स यति एयरलाइन्सको भगिनी संस्था हो। ताराले विशेष गरी सानो जहाजबाट देशका पहाडी क्षेत्रमा उडान भर्दै आएको छ।
फेसबुक प्रतिक्रियाहरु