• होमपेज
  • रेनु दाहालको लोकप्रिय निर्णय : छोरी जन्मिए जीवन वीमा, निशुल्क खानेपानीको प्रबन्ध
Breaking News

रेनु दाहालको लोकप्रिय निर्णय : छोरी जन्मिए जीवन वीमा, निशुल्क खानेपानीको प्रबन्ध

चितवन। भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरभित्र छोरी जन्मिएमा रु १ लाखसम्मको १५ वर्षका लागि स्वास्थ्य विमा गर्ने पहिलो निर्णय गरेकी छन्।

महानगरको मेयरमा पुनः निर्वाचित दाहालले बुधबार पदभार गरेलगत्तै  यस्तो निर्णय सार्वजनिक गरेकी हुन्। मेयर दाहालले महानगरभित्र वा बाहिरका अस्पतालमा छोरी जन्मिएर महानगर बासी प्रमाणित भएमा स्वास्थ्य विमा गरिने बताएकी हुन्।

विज्ञापन

त्यस्तै मेयर दाहालले मासिक ७ हजार  लिटर सम्म नि स्शुल्क खानेपानी उपलब्ध गराउने घोषणा गरेकी छन्। भरतपुरभित्र ७ हजार लिटरम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताइन्।

त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुग्ने बताइन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook