एजेन्सी । गम्भीर संकटमा फसेको युक्रेनले संकटकाल घोषणा गर्ने भएको छ । युक्रेनको राष्ट्रिय सुरक्षा परिषद् (नेसनल सेक्युरीटी काउन्सिल) ले संकटकाल लगाउने निर्णय गरेको हो ।
दोनेत्स्क र लुहान्स्क क्षेत्रबाहेक सबै क्षेत्रमा संकटकाल लगाउने निर्णय गरेको वरिष्ठ सुरक्षा अधिकारी ओलेक्सी डानिलोभ सुरक्षा परिषद्को बैठकपछि बताए । दोनेत्स्क र लुहान्स्कमा युक्रेनी फौजले पहिलेदेखि नै रुस समर्थित पृथकतावादीसँग लडाइ गरिरहेको छ ।
विज्ञापन
संकटकाल सुरुमा ३० दिनसम्म रहने उनले बताए । यद्यपि, यो कदमलाई युक्रेनी संसदले अनुमोदन गर्नुपर्नेछ ।
फेसबुक प्रतिक्रियाहरु