• होमपेज
  • कांग्रेस एमाले समीकरण भए पनि आकाश खस्ने, पृथ्वी फाट्नेवाला छैन : झलनाथ खनाल
Breaking News

कांग्रेस एमाले समीकरण भए पनि आकाश खस्ने, पृथ्वी फाट्नेवाला छैन : झलनाथ खनाल

एकिकृत समाजवादी एमसीसी पास गर्ने पक्षमा छैन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा (एमाले)सँग समीकरण गर्न कांग्रेस स्वतन्त्र भएको बताएका छन्।

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न नेपाली कांग्रेसले अडान कायमै राखे एमालेसँग समिकरण गर्न स्वतन्त्र भएको खनालको भनाइ छ। उनले एमसीसी पास भए अहिलेको गठबन्धनमा रहेका दल आआफ्नो बाटो लाग्नुपर्ने धारणा समेत राखे।

विज्ञापन

भने,’समीकरण कसले कस्तो गर्ने भन्ने कुराको निम्ति हामी सबै स्वतन्त्र छौं। यदी कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाई स्वतन्त्र हुनुहुन्छ।’

उनले समीकरण बदलिन सक्ने औल्याउँदै सत्ता गठबन्धन फुटे पनि केही फरक नपर्ने बताए।

‘हामी हाम्रो बाटो हिँड्छौं। आआफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ। त्यसले केही फरक पार्नेवाला छैन। त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन,’उनले भने।

प्रतिनिधि सभामा फागुन ८ गते टेबल भएको एमसीसी पास गराउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको संवादलाई तीब्र बनाएका छन्। एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र एमसीसीलाई संसदमा टेवल गर्न तयार भए पनि पास गर्न नहुने अडानमा छन्। टेवल भएको दिन पनि खनालले रोस्टममै पुगेर एमसीसीको विरोध गरेका थिए भने गठबन्धनका नेताहरुको आलोचना गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook