• होमपेज
  • यी ४ वाणिज्य बैंकबाट आईपीओ भर्दा आश्वा शुल्क तिर्नुपर्दैन, बाँकी २३ बैंकमा कसको कति ?
अर्थ खबर

यी ४ वाणिज्य बैंकबाट आईपीओ भर्दा आश्वा शुल्क तिर्नुपर्दैन, बाँकी २३ बैंकमा कसको कति ?

काठमाडौं- पछिल्लो समय एकपछि अर्का कम्पनीले पालैपालो धमाधम आईपीओ निष्कासन गरिरहेका छन् र २७ वटा कम्पनी आईपीओ निष्कासनको तयारीमा रहेको छन् ।

आईपीओ निष्कासन हुदाँ साथ आम जनमासको चासो यसैमा केन्द्रित हुने गर्दछ पछिल्लो समय । हाल डिम्याट खाता खोल्नेहरुको संख्या पनि ५० लाख नघिसकेको छ ।

विज्ञापन

विभिन्न बैंक अनुसार आईपीओ भर्दा तिर्नुपर्ने सि आश्वा शुल्क फरक फरक हुने गर्दछ । तर, २७ वाणिज्य बैंक मध्ये चार वाणिज्य बैंकमा खाता भएका लगानीकर्ताले आईपीओ भर्न सेवा उपलब्ध गराए वापत बैंकहरुलाई तिर्नुपर्ने शुल्क सि आश्वा बिना नै निःशुल्क रुपमा आवेदन दिन सकछन् । हाल नबिल बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, र मेगा बैंक नेपाल लिमिटेडमा बैंक खाता भएका लगानीकर्ताले सि आश्वा शुल्क तिर्नुपर्दैन ।

तेइस वाणिज्य बैंकका लगानीकर्ताले भने शुल्क तिर्नुपर्नेछ । नेपालमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरु मध्ये २३ बैंकले १० रुपैयाँ देखि १०० रुपैयाँसम्म आस्वा शुल्क लिन थालेका छन् । कुनै बेला सबैजसो बैंकले सि आश्वा सेवा निःशुल्क बनाएपनि पछिल्लो समय धमाधम शुल्क असुल्न थालेका हुन् ।

दश वाणिज्य बैंकहरु कृषि विकास, प्राइम कमर्सियल, नेपाल बंगलादेश, सिद्धार्थ, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, प्रभु, एनसीसी, सिभिल र सनराइज बैंकका लगानीकर्ताले सि आश्वा वापत आईपीओ भर्दा प्रतिआवेदन १० रुपैयाँ शुल्क तिर्नुपर्छ । सनराइज बैंकले भने कागजी रुपमा लेखेर आवेदन गर्ने लगानीकर्ताबाट थप १५ जोडेर २५ रुपैयाँ लिने गरेको छ ।

यस्तै ग्लोबल आइएमई बैंकले फागुनदेखि लागू हुनेगरी निशुल्क रहेको आश्वा शुल्क बढाएर प्रतिआवेदन १५ रुपेयाँ पुर्याएको छ । थप पाँच बै।कले लगानीकर्तालाई सि आश्वा सेवा उपलब्ध गराए वापत हरेक पल्ट २० रुपैयाँ शुल्क बुझाउनुपर्छ । प्रतिआवेदन २० रुपैयाँ बुझाउनुपर्ने बैंकहरुमा हिमालयन, सिटिजन्स, एनएमबि, एरभेष्ट र कुमारी बैंक रहेका छन् ।

थप पाँच बैंकबाट २५ रुपैयाँ शुल्क तिर्नुपर्छ । यसरी एउटा आवेदनबाट २५ रुपैयाँ शुल्क लिने बैंकहरुमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, लक्ष्मी बैंक, सेञ्चुरी कमर्सियल, र नेपाल एसबिआई बैंकले लिने गरेका छन् ।

सि आश्वा सेवा शूल्कमा सबैभन्दा भन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले लिने गरेको छ । विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले भने लगानीकर्ताबाट सबैभन्दा धेरै प्रतिआवेदन १०० रुपैयाँ लिने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook