• होमपेज
  • पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन : मन्त्री झाँक्री
Breaking News

पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन : मन्त्री झाँक्री

चितवन- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन्। बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन्।

‘कि त सरकार छोडेर सडकमा जानु पर्‍यो। कि सरकारमा बसेर सडकमा जानु भएन’ उनको भनाइ थियो। सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने झाँक्रीले बताइन्।

विज्ञापन

‘विरोधाभाष कुरा हुँदैन। पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन’ मन्त्री झाँक्रीले भनिन्। सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफूहरु ब्याक हुने बताइन्।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन्। एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो। पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन्। तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसीसी टेबुल गर्न चाहेको भन्दै उनले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताइन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook