बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ)का रुपमा कुलमान घिसिङले कार्यभार सम्हाल्ने भएका छन् ।
सरकारले सोमबारको मन्त्रिपरिषद बैठकबाट उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यद्यपि सरकारले औपचारिक रुपमा यो विषय बाहिर ल्याएकाे छैन ।
विज्ञापन
यस विषयमा सोमबार साँझ घिसिङसँग कुरा गर्दा उनले हल्ला भएको, तर आफ्नो हातमा कुनै पत्र प्राप्त नभएको बताएका थिए । नियुक्तिबारे आफूले पनि हल्ला सुनेको तर आधिकारिक फोन र पत्र नआएको उनको भनाइ थियो ।
उनले संक्षिप्त कुरा गर्दै यस विषयमा मंगलबारसम्म कुनै तथ्य आउने अनुमान गरेका थिए । औपचारिक रुपमा तथ्य बाहिर नल्याइए पनि भित्री रुपमा उनले बुधबार कार्यभार सम्हाल्न लागेको स्रोतको दाबी छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्तिका लागि ठाडो निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनसँगै ऊर्जामन्त्री भुसालले निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहज बनाइदिन अनुरोध गरेकी थिइन् ।
सोमबारको बैठकमा मन्त्री भुसालले घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेस गरेकी थिइन् । फरकधार
फेसबुक प्रतिक्रियाहरु