काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टीको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने भएको हो ।
यसअघि देउवाले ठाकुरलाई विश्वासको मत दिन पत्र पठाएका थिए । त्यसपछि जसपाको ठाकुर पक्षले विशवासको पक्षमा मत दिने निर्णय लिएको हो । सांसद उमाशंकर अरगरियाले विश्वासको मत दिने बताए ।
विज्ञापन
सिंगो जसपाले विश्वासको मत दिने निर्णय गरेसँगै देउवाको पक्षमा १६० भन्दा बढी मत पुग्ने भएको छ ।
फेसबुक प्रतिक्रियाहरु