• होमपेज
  • प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत
Breaking News

प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्नुभएको छ । संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत माग्नुभएको हो ।

अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयो । उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका राम्रा कामहरु आफूहरुका लागि पाठ हुने भन्दै राम्रा कामलाई निरन्तरता दिने पनि बताउनुभयो ।

विज्ञापन

प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई बलियो बनाउन सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने र त्यसको लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

सर्वोच्च अदालतको परमादेश अनुसार देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook