• होमपेज
  • लुम्बिनी प्रदेश : अल्पमतमा पर्ने भएपछि मतदानको बेला सत्तापक्षद्वारा सदन बहिस्कार
Breaking News

लुम्बिनी प्रदेश : अल्पमतमा पर्ने भएपछि मतदानको बेला सत्तापक्षद्वारा सदन बहिस्कार

अर्को बैठक भोलि बस्ने

बुटवल । सत्ता पक्षले नै बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफसमेत दिइसकेपछि सत्तारुढ दल एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

बजेटलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने बेलामा सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि सभामुखले शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

विज्ञापन

बजेट पारित नहुने सम्भावना देखेपछि सत्तापक्षले प्रदेशसभा बैठक नै बहिस्कार गरेको अनुमान गरिएको छ । लुम्बिनी प्रदेशसभामा हाल सत्ता पक्ष र विपक्षमा बराबर सांसद छन् । सहमतिका लागि सभामुख पूर्ण घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरे पनि एमालेका सांसदहरु सहभागी हुने अवस्था नदेखिएपछि दोस्रो बैठक नै नबसी शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook