• होमपेज
  • युथ फोर्सको ‘काउन्टर’ मा अखिल फोर्स
Breaking News

युथ फोर्सको ‘काउन्टर’ मा अखिल फोर्स

काठमाडौं । दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।

विज्ञापन

ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ’ पराजुलीको भनाइ छ । उनका अनुसार अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिनेछ । सोमबार ओली पक्षको युवा संघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook