गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
शपथसँगै पोखरेले ४ जनालाई मन्त्री पनि बनाएका छन् । मन्त्री बन्नेमा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ रहेका छन् । उनीहरुले पनि पोखरेलपछि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विज्ञापन
पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष पोखरेललाई मुख्यमन्त्री नियुक्त, गर्न दावी पेश गरेको थियो । ७१ वर्षे पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट विजयी भएका हुन् ।
फेसबुक प्रतिक्रियाहरु